धिमाल दर्पण सम्बन्धी अन्तर्किया सम्पन्न

  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६



  • बेलबारी । धिमाल जातीय विकास केन्द्रद्वारा प्रकाशोन्मुख पुस्तक धिमाल दर्पण सम्बन्धी अन्तर्किया सम्पन्न भएको छ ।

    पुरानो बेलबारी स्थित धिमाल ग्रामथानमा भएको अन्तक्र्रिया कार्यक्रममा बेलबारी नगरपालिका भित्र रहेका १५ धिमाल गाउँ र टोल समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । धिमाल दर्पण पुस्तकमा धिमाल टोल समितिको ऐतिहासिक विवरण समेत समावेश गरिने भएकाले टोल समिति सँग छलफल गरिएको धिमाल दर्पण प्रकाशन समितिका सदस्य तथा केन्द्रका महासचिव केदार धिमालले बताउनु भयो ।

    बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका सह अध्यक्ष अमरबहादुर धिमाल प्रमुख अतिथि रहनु भएको थियो ।

    त्यस्तै केन्द्रका महासचिव केदार धिमाल, सचिवालय सदस्य कविन्द्रराज धिमाल, केन्द्रीय सदस्य प्रतापलाल धिमाल, धिमाल विद्यार्थी मन्चका अध्यक्ष तिलक धिमाल, धिमाल दर्पण प्रकाशन समितिका सदस्य अजितकुमार धिमाल लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology