दमकमा ३३ पिन्ट रगत संकलन

  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६



  • दमक,२४ साउन । झापाको दमकमा आज शुक्रवार सम्पन्न रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको छ ।  दमक ८ स्थित राधा गोविन्द साधना केन्द्रले आफनै साधना केन्द्र परिसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको हो ।

    गर्मीका समयमा रगतको अभाव हुन नदिन केन्द्रले रक्तदान कार्यक्रम गरेको केन्द्रका मिडीया संयोजक वसन्त कार्कीले जानकारी दिए । रक्तदानमा धु्रवतारा स्पोर्टिङ्ग क्लवका पूर्व अध्यक्ष कमल कटुवाल, साधना केन्द्रका साधकहरु,सर्वसाधारणहरु लगायतले रगतदान गरेका थिए । रक्तदान दमक रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
    भोलि शनिवारदेखि शुरु हुन लागेको दश दिवसीय वृहत आध्यात्मिक प्रवचन कार्यक्रमको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरिएको साधना केन्द्रका अध्यक्ष मानबहादुर वुढाथोकीले वताएका छन् । साधना केन्द्रको राधे राधे सभाहलमा हुने वृहत प्रवचनमा सनातन बैद्धिक धर्म भक्ति मार्गका प्रचारक रामदासजीले प्रवचन दिने अध्यक्ष वुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रवचन दैनिक अपरान्ह ४.३० वजेदेखि साँझ ६ वजेसम्म हुने छ । उनले भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा आध्यात्मिक प्रवचन दिने छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology