अण्डा उत्पादकहरुको भेलामा स्वागत सम्मान

  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६



  • दमक,२४ साउन । अण्डा उत्पादक तथा व्यवसायी संघ झापाले संघको हालै निर्वाचित केन्द्रीय नेतृत्वलाई स्वागत सम्मान तथा किसान भेला दमकमा सम्पन्न गरेको छ । संघले शुक्रबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरेको भेलामा जिल्लाका विभिन्न ठाउँबाट अण्डा उत्पादक किसानहरु, बैंकर्सहरु, उद्योगी व्यवसायीका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरु लगायत सहभागी थिए ।

    संघको जिल्ला अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निर्वाचित केन्द्रिय अध्यक्ष शिवराम केसी नेतृत्वका केन्द्रिय नेताहरुलाई फूलमाला लगाएर स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष देवेन्द्र प्रसाइँले स्वागत मन्तव्य राखेका थिए भने संघका केन्द्रीय अध्यक्ष केसी, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल लगायतले व्यवसायीक हितका बारेमा वोलेका थिए ।संघका सचिव राजेन्द्र भण्डारीका अनुसार सम्मान कार्यक्रम पछि दोश्रो चरणमा जिल्लाका किसानहरुसंग व्यवसायीक समस्याका बारेमा अन्तरकृया समेत गरिएको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology