युवा दिवसमा तीन दिने कार्यक्रम

  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६



  • दमक,२४ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर दमकमा तीन दिने वृहत कार्यक्रम हुने भएको छ । दमक  पव्लिक लाईव्रेरी , दमक जेसीज र नगरपालिकाको संयुक्त आयोजनामा भोलि शनिवारदेखि तीन दिवसीय कार्यक्रम हुने भएको छ ।

    कार्यक्रमका बारेमा जानकारी दिदै युथ टिमका अध्यक्ष ढकाल

    लाईव्रेरीको गठित युथ टिमको छैठौ बार्षिक स्थापना दिवसका अवसर पारेर आयोजनामा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको यूथ टिमका अध्यक्ष दधिराम ढकालले जानकारी दिए ।
    शुक्रवार लाईव्रेरीमा पत्रकार सम्मेलन गरि शनिवारदेखि सोमबारसम्म हुने विभिन्न कार्यक्रमहरुका वारेमा जानकारी दिएको हो । उनका अुनसार पहिलो दिन दमकको गोर्खा डिपार्टमेन्टको सभाहलमा उत्प्रेरणामूलक प्रशिक्षण हुने छ । विहान ११ वजे हुने त्यस प्रशिक्षण कार्यक्रममा युवा अभियान्ता श्रृष्टि केसी र रोहित मल्लले सहजीकरण गर्ने छन् ।

    त्यस्तै दोश्रो दिन लाईव्रेरीको कार्यालयमा शिक्षामा रुपान्तरण भन्ने विषयमा दमकको शैक्षिक गतिविधिहरुमाथि शैक्षिक अन्तरकृया र तेश्रो दिन खुल्ला दौड प्रतियोगिता गरि समापन गरिने अध्यक्ष ढकालले जानकारी दिएका छन् । महिला , पुरुषतर्फका खुल्ला दौडका उत्कृष्ट तीन ,तीन जना धावकहरुलाई नगद,प्रमाणपत्रसहित पुरस्कृत गरिने छ ।
    त्यस अवसरमा लाईव्रेरीका अध्यक्ष भेषराज न्यौपाने, दमक जेसीजका अध्यक्ष भिम केसी लगायतले युवा दिवसको महत्वका बारेमा वोलेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology