बस्तुगततर्फ अटोमोवाइल्सबाट नेपाल सिफारिस

  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६



  • दमक,२४ साउन । दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा बस्तुगत तर्फ सदस्यमा अटोमोवाइल्स एशोसिएसनले पनि आफनो उम्मेदवारी दिने भएको छ ।

    एशोसिएसनका अध्यक्ष घनश्याम खनालको अध्यक्षतामा आज शुक्रवार बसेको वैठकले संघको निर्वाचनमा बस्तुगततर्फ सदस्यमा अटोमोवाइल्सबाट प्रतिनिधित्वका लागि प्रकाश नेपाललाई उम्मेदवार वनाउने निर्णय गरेको छ ।

    नेपालसंगै कृष्ण खनाल र विमल वराल पनि सदस्यका लागि आकांक्षी थिए । तीन जना आकांक्षीहरु वीच नेपालको नाममा उम्मेदवार वनाउने सर्वसम्मत सहमति जुटेको अध्यक्ष खनालले जनाएका छन् । युवा व्यवसायी नेपाल प्राप्ती अटो पार्ट्सका सञ्चालक हुन् ।
    एशोसिएसनले संघको बस्तुगततर्फ सदस्यमा नेपाललाई जिताउन सवै व्यवसायीहरुसंग आग्रह गर्ने निर्णय भएको अध्यक्ष खनालले वताएका छन् ।
    संघमा पाँच वटा वस्तुगतले सदस्यमा प्रतिनिधित्व पाउने व्यवस्था अनुसार यसअघि मोवाइल व्यवसायी संघले पनि आफना अध्यक्ष भेनस श्रेष्ठलाई उम्मेदवार वनाउने निर्णय गरेको थियो ।
    यस्तै ,दमकका युवा होटल व्यवसायी तथा सामाजिक क्षेत्रका अग्रज मोहन ढकाल , दमक जेसीजका निर्वतनमान अध्यक्ष तथा निर्माण व्यवसायी चन्द्र खत्रीले पनि खुल्ला सदस्यमा उम्मेदवार वन्ने आकांक्षी देखाएका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology