यायोक्खाको स्थापना दिवसमा दर्जनौ सम्मानित

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • दमक, २३ साउन किरात राई यायोक्खाको ३२औं स्थापना दिवसको अवसरमा विहिबार दमकमा एसइईमा उत्तीर्ण हुने राई बिद्यार्थी, खेलाडी र अक्षयकोषदाताहरु सम्मानित भएका छन् ।  यायोक्खा झापाका अध्यक्ष इन्द्रमान राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपालको तर्फबाट सितोरिया कराते खेलमा अन्तराष्ट्रिय स्वर्णपदक बिजेता सिता राईलाई क्याप्टेन भगत वहादुर सोझे राई स्मृति खेलकुद अक्षयकोषबाट नगद १० हजारसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ ।


    अर्जुनधारा–७ की सिता राईले खेल जगत मार्फत राष्ट्रियता र किरात समुदायको शिर उच्च बनाउन सफल भएको भन्दै यायोक्खा झापाले पुरस्कृत गरेको हो ।

    त्यस्तैं, यायोक्खा झापामा अक्षयकोष स्थापना गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा क्याप्टेन भगत वहादुर सोझे राई स्मृति खेलकुद अक्षयकोषका संरक्षक दमक–१ का किसन राई,यायोक्खा झापाका संस्थापक अध्यक्ष सन्त कुमार वान्तवा राई स्मृति अक्षयकोषका संरक्षक लखनपुर निवासी कृष्णकुमारी राई, डम्बरसिंह सिद्धिदास स्मृति छात्रवृति कोषका संरक्षक लखनपुर निवासी ललित राई रहेका छन् ।
    यसैगरि जीतवहादुर राई छात्रवृति कोषका संरक्षक विमला राई, ठाकुरसिंह राई साकेला शिलि अक्षयकोषका संरक्षक प्रेम राई, विष्णुध्वोज लिलावती छात्रवृति कोषका संरक्षक प्रा.डा.केआर खम्बु राई, इन्द्रवहादुर देउमाया स्मृति पत्रकारिता पुरस्कार कोष र छत्रमान लक्ष्मी दिलमाया राई स्मृति अक्षयकोषका संरक्षक जैववहादुर राईलाई किरात मुन्धुम अनुसार शिरमा फेटा (पगरी )बाधेर सम्मानपत्रले सम्मान गरिएको थियो ।

    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका संस्थापक सदस्य दमक निवासी जीतमान राई र यायोक्खा झापा अध्यक्ष इन्द्रमान चाम्लिङ राईले सम्मान गरेका थिए ।

    त्यस्तैं, कार्यक्रममा यायोक्खाद्धारा शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले २०७५ सालको एसइईमा उर्तिण हुने सामुदायिक तथा संस्थागत बिद्यालयका एक सय १२ जना बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

    सो मध्ये सामुदायिक बिद्यालयको तर्फबाट उत्कृष्ट अंकसहित छात्रतर्फ २.९ जिपी ल्याएर उत्कृष्ठ हुने शिबसताक्षी–११ राष्ट्रिय रमरिर्णय माध्यमिक बिद्याल दुधेका अमृतधन कुलुङ राई र छात्रातर्फ ३.५२ ल्याएर उत्कृष्ठ नतिजा ल्याउने दमकस्थित हिमालय माध्यमिक बिद्यालयका विपुला राईलाई नगद ४ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

    यता, निजी (संस्थागत) बिद्यालयतर्फ कमल गाउँपालिकाका निवासी अभिशेक राई ९३.४ जीपि र झापा गाउँपालिका निवासी मलिका राई ९३.८ जीपिलाई नगद ३ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा यायोक्खाको संस्थागत विकास र साँस्कृतिक प्रवद्र्धनमा निरन्तर काम गरिरहने वीरवहादुर राई, क्या.मान वहादुर राई, पशुराम रिङ्गालुङ राई, दोर्णमाया राईलाई समेत सम्मान गरिएको थियो भने यायोक्खा झापाका उपाध्यक्ष एबम दमक–८ का जनप्रतिनिधि उद्धव वहादुर राईलाई सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology