प्रदेश स्तरीय उपमेयर कपको उपाधि शिवसताक्षीलाई

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • झिलझिले,२३ साउन । झापाको शिवसताक्षीमा जारी प्रदेश नम्बर १ स्तरीय उपमेयर कपको उपाधि शिवसताक्षी महिला फुटबल क्लब शिवसताक्षीले उचालेको छ । पारिजात महिला फुटबल क्लब अर्जुनधारालाई सडन डेथमा विहिबार हराउँदै शिवसताक्षी महिला फुटबलले उपाधि उचाल्न सफल भएको हो ।

    प्रतियोगितामा २,२ गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धेकेलिएको थियो । तर टा«इाबेकर पनि ३,३ गोल बराबरी भएपछि अन्तिम निर्णयका लागि सडन डेथ गराइएको हो । खेलमा पारिजातका तर्फबाट सुस्मिता लेप्चा र संरचना श्रेष्ठले १, १ गोल गरेकी थिईन् भने शिवसताक्षीको तर्फबाट कुमारी तामाङ्ग र सरिता शेर्पाले १,१ गोल गरेकी थिईन् ।
    उपाधि जितेसँगै शिवसताक्षी महिला फुटबल क्लबले ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता पारिजात महिला फुटबल क्लबले ३१ हजारमा चित्त बुझाएको थियो ।
    खेलको हाइस्कोरर पारिजात फुटबल क्लबकी सुस्मिता लेप्चा घोषित भईन् । त्यस्तै शिवसताक्षी महिला फुटबल क्लबको तर्फबाट उत्कृष्ट गोलकिपरमा झरना वाइन राई, उत्कृष्ट डिफेन्डर कुमारी तामाङ्ग, उत्कृष्ट मिट फिल्डर सरिता तामाङ्ग, सर्वोत्कृष्ट खेलाडी रेश्मी बोहोरा घोषित भइन् । उनीहरुले नगदसहित प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
    प्रतियोगिता शिवसताक्षीको झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा झापा, मोरङ्ग र इलाम गरी १० टिमले सहभागिता जनाएका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology