शनिवारदेखि दमकमा प्रवचन कार्यक्रम

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • दमक,२३ साउन । दमकमा यहि साउन २५ शनिवारदेखि दश दिवसीय दार्शनिक प्रवचन हुने भएको छ । राधा गोविन्द साधना केन्द्रले आज साधना परिसरमा पत्रकार सम्मेलन गरि प्रवचनको तयारी पूरा भएको जनाएको छ ।


    दमक ८ स्थित साधना केन्द्रको राधे राधे सभाहलमा हुने वृहत प्रवचनमा सनातन बैद्धिक धर्म भक्ति मार्गका प्रचारक रामदासजीले प्रवचन दिने केन्द्रका अध्यक्ष मानबहादुर वुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रवचन दैनिक अपरान्ह ४.३० वजेदेखि साँझ ६ वजेसम्म हुने छ । उनले भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा आध्यात्मिक प्रवचन दिने छन् ।
    वृहत प्रवचनको पूर्वसन्ध्यामा साधना केन्द्रले भोलि शुक्रवार विहान रक्तदान र २५ गते विहान कलश यात्रा निकालिने तयारी गरिएको केन्द्रका मिडीया संयोजक वसन्त कार्कीले जानकारी दिए । राधा माधव सेवा समितिबाट अलग्गिएपछि विधिवत दुई महिना अघि दर्ता भएको सो साधना केन्द्रले पहिलोपटक वृहत प्रवचनको तयारी गरेको उपाध्यक्ष प्रल्हाद कुमार पौडेलले बताए । प्रवचन भव्य रुपमा सम्पन्न दुई दर्जन विभिन्न उपसमितिहरु गठन गरि काम थालिएको उनले जनाएका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology