करेन्ट लागेर कार्कीको ज्यान गयो

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • दमक,२२ साउन । करेन्ट लागेर झापाको दमकमा आज साँझ एक जना युवाको ज्यान गएको छ ।  दमक ३ स्थित वेलडाँगी मा इन्टरनेटको तार विछ्याउने क्रममा अचानक विद्युत चुहिदाँ स्थानीय २३ बर्षिय प्रकाश कार्कीको आज साँझ ६:३० वजे ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए ।

    साथीसंगै गएका उनलाई काम गर्दा हाइटेन्सनको विजुलीले करेन्ट लागेको थियो । करेन्ट लागेर गंभीर भएका कार्कीको केहिबेरमा नै घटनास्थलमा ज्यान गएको थियो ।
    मृतक कार्की दमकको पाथीभरा नेट कम्पन्नीमा प्राविधिकका रुपमा कार्यरत थिए । आजदेखि नै कार्कीले त्यस कम्पन्नीमा काम गर्न थालेका बुझिएको छ ।
    यसैवीच पीडित परिवारले घटनामा कम्पनी सञ्चालकले लार्पवाही गर्दा कार्कीको मृत्युभएको भन्दै छानवीन गर्न माग गरेका छन् । कम्पन्नीले काम गर्नेलाई सेफ्टी समान प्रयोग उपलव्ध नगरादाँ त्यस्तो दुर्घटना भएको भन्दै पीडित परिवारले गुनासो गरेका हुन् । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको प्रनाउ सुब्बाले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology