दमकमा पनि कपडा बैंक सञ्चालन

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • दमक, २२ साउन  । देशका बिभिन्न स्थानमा विपन्न समुदायका लागि लक्षित गरि कपडा बैंक स्थापना हुने क्रम चलिरहेको वेला दमकमा पनि यस्तो वैकको शुरुवात गरिएको छ । यसैक्रममा लायन्स क्लब अफ दमक यूनाईटेडले जिल्लामा नै पहिलो पटक दमकमा कपडा बैंक आज देखि सञ्चालनमा ल्याएको छ ।

    क्लबले दमकस्थित पूर्व बसपार्कमा कपडा बैंक स्थापना गरेको छ । आफुसँग प्रयोगबिहिन कपडा त्यहाँ लगेर राख्न पाईने र कपडा नहुनेले बैंकबाट लगेर निशुल्क प्रयोग गर्न सकिने क्लबका अध्यक्ष संन्दिप बस्नेतले जानकारी दिए ।
    कपडा बैक उद्घाटन कार्यक्रममा दमक बडा न ६ का वडा अध्यक्ष टेकबहादुर थापा र ७ का वडा अध्यक्ष भिम पौडेलको आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा बोल्दै वडाध्यक्षद्वयले यो कार्य सकारात्मक भएको भन्दो आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा लायन्स क्लब सदस्य, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो । आज बुधबारबाट सुरुभएको बैक निरन्तर सञ्चालनमा ल्याउने क्लबले जनाएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology