एनआरएनए इजरायललाई चुनाब लाग्यो, सदस्यता खुल्ला गर्दै तोक्यो टायमलाईन

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • इजरायल ।  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायललाई यतिबेला निर्वाचनले छोएको छ ।

    निर्वाचनलाई ध्यानमा राख्दै समितिले इजरायलमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सदस्यता लिएर निर्वाचन प्रकियामा सहभागी हुन अनुरोध गर्दै निर्वाचन समितिले एक सूचना जारी गरेको छ ।

    जारी सूचनाका अनुशार यस छैठौ अधिबेशन तथा २०१९/२१ को कार्यकालका लागि नया कार्यसमिति चयन गर्नुपर्ने भएकोले अगस्ट २३ तारिख शुक्रबार १२ बजे सम्म साधारण सदस्यता खुल्ला, २४ अगस्ट शनिवार ११ बजेदेखी बेलुका ४ बजेसम्म उमेद्वारी दर्ता खुल्ला, उमेद्वारी हकदावी वा उमेद्वारी फिर्ता गर्ने समय २५ अगस्ट आइतबार बिहान १० बजेदेखी बेलुका ४ बजे साथै अन्तिम उमेद्वारी नामावली प्रकाशन २५ अगस्ट आइतबार बेलुकी साझ ६ बजे सम्म भनेर भनिएको छ ।

    निर्वाचन समितिका सचिब खगेश्वर अधिकारीका अनुशार गस्ट ३१ तारिख शनिबारको दिनलाई निर्वाचन मिती तोकिएको बताएका छन् ।

    निर्वाचनलाई सफल बनाउन केहि दिन अगाडी सुवास खरेलको संयोजत्वमा ५ सदस्यीय निर्वाचन समिति चयन गरिएको थियो जसमा सचिब खगेश्वर अधिकारी र सदस्यहरुमा बीबी लामा तामांग, सुन्दर नेपाल र सन्दिप भण्डारी रहेका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology