दमक नगरपालिकामा स्तनपान कक्ष

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • दमक,२२ साउन । झापाको दमक नगरपालिकाले आफनो कार्यालयमा स्तनपान कक्ष स्थापना सञ्चालनमा ल्याएको छ ।
    विश्व स्तनपान सप्ताह समापनका अवसर पारेर बुधबार नगरपालिकामा छुट्टै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको नगर उपप्रमुख गीता अधिकारीले वताईन् ।


    स्तनपान कक्षको बुधबार यहाँ एक कार्यक्रमका बीच नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । उनले नगरपालिकामा आउने सेवाग्रही तथा सर्वसाधारणहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको वताए ।
    स्तनपान कक्ष शुभारम्भ कार्यक्रमममा नगर उपप्रमुख गीता अधिकारी, दमक ८ का वडाध्यक्ष पशुपति राज गौतम, कार्यपालिका सदस्य भक्तादेवी दाहाल लगायतले नगरपालिकामा आउने महिला सेवाग्रही तथा कर्मचारी महिलाहरुका लागि स्तनपान कक्ष उपयोगी हुने जोड दिए ।
    साउन १६ देखि २२ गतेसम्म विश्वभरि विभिन्न कार्यक्रम गरि स्तनपान सप्ताह मनाउदै आएको छ । सप्ताह कार्यक्रम अन्तर्गत दमकमा शिशुका लागि स्तनपानको महत्व सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology