ठगीको आरोपी थेगिमसहित सहित चार जना रिहा

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • दमक,२१ साउन । ठगी घटनाको अभियोगमा पक्राउ परेका प्रस्तावित किरात माइक्रो फाइनान्सका अध्यक्ष डकेन्द्रसिंह थेगिमसहित चार जना आज रिहा भएका छन् । गत असार २७ गते दमकबाट पक्राउ परेका थेगिमसहित चार जना जिल्ला अदालत झापाबाट रिहा भएका हुन् ।

    यसरी रिहा हुनेहरुमा फाइनान्सका व्यवस्थापक डिवी लिङदम, सञ्चालक कमलप्रसाद नेम्बाङ्ग, र पूर्णबहादुर वझी रहेका छन् । अध्यक्ष थेगिम किरात धर्म तथा साहित्य उत्थान संघका समेत केन्द्रीय अध्यक्ष हुन् ।
    ठगीमा संलग्न आरोपीले पीडित सञ्चालकहरुको रकम फिर्ता गरिदिने मेलमिलाप पछि उनीहरु छुटेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए । उनीहरु विरुद्ध प्रहरीले ठगी मुद्धा चलाएको थियो । प्रनाउ सुव्वाका अनुसार पक्राउ परेका सवैलाई प्रहरीले मुद्धा अगाडी वढाएको थियो । त्यसक्रममा करिव एक महिना लामो प्रहरी हिरासतमा परेका थिए ।
    इलाममा केन्द्रीय कार्यालय राख्ने गरि प्रस्तावित गरिएको माइक्रोफाइनान्सका दर्जनौ शेयर सदस्यहरुबाट आरोपीहरुले रु ८० लाख बढी रकम हिनाहिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी परेको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology