दमकमा याक्थुङ्ग युवा मञ्च गठन

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • दमक,२१ साउन । लिम्बु जातिको भाषा,धर्म ,संस्कृति संरक्षण गर्न उद्देश्यले स्थापना भएको युवाहरुको संगठन याक्थुङ्ग युवा मञ्चले दमकमा नगर समिति गठन गरेको छ । दमकमा हालै सम्पन्न भेलाले सपना कन्दङवाको अध्यक्षतामा याक्थुङ्ग युवा मञ्चको तर्दथ समिति गठन गरिएको हो ।


    नौ सदस्यीय सर्वसम्मत गठित समितिको उपाध्यक्षमा उषा सम्बाहाम्फे ,सचिवमा अविन मेन्याङवो र कोषाध्यक्षमा समीक्षा लिम्बु रहेका छन् । यसैगरि सदस्यहरुमा कौशीला लिम्बु,सरोज सेरेङ चोङवाङ,अविसेम लिम्बु ,फूङहाङ लिम्बु र बचन केदेम लगायत चुनिएका छन् ।
    किरात याक्थुङ चुम्लुङ दमक नगर शाखाका अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यता तथा याक्थुङ्ग युवा मञ्च झापाका अध्यक्ष प्रम शेर्माको अध्यक्षतामा भएको भेलामा रङकर्मी विक्रम वनेम,निङवा लिम्बु, दिपक तिगेला लगायतले याक्थुङ्ग युवा मञ्चको उद्देश्यका बारेमा बोलेका थिए ।
    लिम्बु जाति बाहुल रहेका जिल्लाका सवै स्थानीय तहमा याक्थुङ्ग युवा मञ्च गठन गरि क्रियाशील गरिने मञ्चका जिल्ला अध्यक्ष शेर्माले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology