कन्काईमा दुई शव फेला


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६


  • कन्काई,२० साउन ।  झापाको कन्काई नगरपालिकामा आज दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कन्काईमाई पुल मुनी एक व्यक्ति र कन्काई नगरपालिका वडा नम्बर ८ मा अर्का एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
    कन्काई पुल मुनी झापाकै भद्रपुर नगरपालिका – २ पृथ्वीनगरका २४ वर्षीय सागर गजमेरको शब आज बिहान फेला परेको ईलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । प्रहरीका अनुसार गजमेरको शव कनकाई माइको वीचभागमा फेला परेको हो ।
    मानसिक सन्तु्लन गुमाएका उनी केही समयदेखि बिर्तामोड आसपासमा अभद्र व्यवहार गर्दै आएको र उनलाई केही दिन इलाका प्रहरी कार्यालयले नियन्त्रणमा समेत लिएको प्रहरी नायव उपरिक्षक मोहन थापाले जानकारी दिए । आफुहरु संग मानसिक सन्तुलन गुमाएको मानिस राख्ने व्यवस्था नभए पनि केही दिन वसेपछि गजमेर आपैंm वेपत्ता भएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।
    यता गजमेरका परिवारले भने घटना शंकास्पद रहेको भन्दै छानविनको माग गरेका छन् । मृतक गजमेरका भतिजा हिमाल विश्वकर्माले प्रहरीको नियन्त्रणमा रहेको व्यक्तिको लाश माई खोलामा भेटिनु घटना शंकास्पद भएको बताए । मृतकको शब पोष्टमार्टमको लागी मेची अञ्चल अस्पतालमा राखिएको छ ।
    यस्तै कनकाई नगरपालिका – ८ मा आज बिहान झापा गाउँपालिका स्थित शरणामतिका २० वर्षीय मंगल हास्दा मृत फेला परेका छन् हास्दा स्थानीय अमरपथ सडक खण्डमा मृत फेला परेको प्रहरीले जनाएको छ । हास्ताले अत्याधिक मादक पदार्थ सेवन गरेको र मादक पदार्थ सेवनकै कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology