नालिफुङ्वाको स्थापना दिवसमा पुरस्कार र सम्मान


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६


  • दमक ,१९ साउन । किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको १९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । झापाको दमकमा आइतबार आयोजित स्थापना दिवसमा सास्कृतिक कार्यक्रमका साथ विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत र सम्मानित गरिएको छ । स्थापना दिवसको अवसरमा किरात नालिफुङवा पन्जुम्भोमा रहेर योगदान गरेका ३ जनालाई नालिफुङ्वा जुझारु पुरस्कार २०७६ प्रदान गरिएको छ ।

    पुरस्कृत हुनेहरुमा किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो मोरङका अध्यक्ष आकास लङ्वा लिम्बू, किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो पाँचथरका कोषाध्यक्ष देशीला तुम्बापो र किरात साम्यो नालीफुङ्वा पाङ्भे पान्जुम्भो माबुकी अध्यक्ष अनिशा साउदेन रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय साँसद एलपी सावाले जनही नगद १ हजार ५ सय १९ सहित सम्मानपत्र प्रदान गरेका थिए ।

    त्यस्तै किरात साम्यो निलाफुङ्वामा पान्जुम्भोले आफ्नो स्थापना दिवसमा विभिन्न क्षेत्रका ९ जनालाई सम्मान गरेको छ ।

    सस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ र पूर्वअध्यक्ष बिक्रम फागो वनेमलाई सम्मान गरेको छ । त्यस्तै किरात साम्यो नालिफुङ्वाद्वारा प्रकाशित नालिगुङ्वा मासिक पत्रीकाका पुर्व सम्पादक काकीराम लावती, पूर्व सहसम्पादक सङसेमी माङयुङ र पुर्व व्यवस्थापक शान्त तिगेलालाई समेत सम्मान गरेको छ । उनीहरुले २०६९ देखि २०७२ सम्म नालिफुङ्वा मासिकमा काम गरेका थिए ।

    त्यस्तै उदयमान गायिका स्वास्तिका साउदेन, बाल गायक मनिश लिम्बू र बाल कलाकार खुशी थेगिम तथा कार्यक्रमका प्रमुख अतिथी साँसद सावालाई समेत सम्मान गरेको छ ।

    किरात साम्यो नालिफुङ्वा पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाको अध्यक्षता र सचिव योगेश लावतीको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न सास्कृत कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । २०५८ सालमा स्थापित किरात साम्यो नालिफुङ्वा पान्जुम्भो किरात धर्मावलम्बीहरुको युवाहरुको संगठन हो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology