आँपमा दमकलाई आत्मनिर्भर बनाउने लक्ष्य

  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६



  • दमक,१९ साउन । झापाको दमकलाई आँपमा आत्मनिर्भर वनाउने उद्देश्यले यहाँ आँपको व्यवसायिक खेती शुरु गरिएको छ । दमक वडा नं २ मा पर्ने हंसेदुम्से सामुदायिक वनको करिव ५ हेक्टर जग्गामा एकैसाथ आँपका विरुवा रोप्न शुरु गरिएको हो ।

    सामुदायिक वन उद्यम विकास कार्यक्रम अन्तर्गत त्यहाँको साविकको भुटानी शरणार्थी शिविर रहेको स्थानमा वन उपभोक्ता समूहले दमकलाई आँपमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित उन्नत किसिमका आँपका विरुवा रोप्न शुरु गरिएको हंसेदुम्से सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमालय प्रसाद दाहालले जानकारी दिए ।

    आँप रोप्दै नगरप्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारी

    उनका अनुसार त्यहाँको ५ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका आँपका ९ सय ६० विरुवा रोप्न थालिएको छ । ती विरुवा बृहत कोशी जलाधार व्यवस्थापक केन्द्र उदयपुरबाट खरिद गरि ल्याइएको हो । त्यहाँ माल्दह, दशहरा, आमरपाली, बम्बई लगायतका जातका आँप रोपिएको छ । रोपिएका आँपको उत्पादन एक बर्षदेखिनै शुरु हुने भएकाले एक बर्षपछि देखि दमकमा भारत तथा अन्य बजारबाट आउने बिषादीयुक्त आँपलाई केहि हद सम्म भएपनि प्रतिस्थापन गर्न सहयोग पुग्ने हंसेदुम्से सामुदायिक वनको अपेक्षा छ ।

    आँपको उत्पादनले यहाँको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग पुरयाँउनुका साथै वनको संस्थागत आयस्रोत समेत मजबुत हुने र समूहको संस्थागत खर्चका लागि रुख बेच्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको अध्यक्ष दाहालले बताए । उनले भने –‘वनले बाटो देखाउने हो यहि तरिकाबाट अन्य खाली क्षेत्रमा पनि जग्गाधनीले आँपको खेती गर्दा दमक आँपमा आत्मनिर्भर हुन सक्छ ।’

    दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोषलाई साकार बनाउन स्थानीय तहले यस किसिमका कार्यक्रमलाई प्रोत्साहन गर्ने बताए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology