नौ वर्षमा काबेली कोरिडोर

  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६



  • फिदिम, साउन १९ गते । दुई सय मेगावाट क्षमताको १३२ केभी विद्युत् प्रसारण लाइन काबेली कोरिडोरको काम सकिएको छ । साउन १३ गते तेस्रो खण्डको ३१ देखि ३४ नम्बरका टावर बीचमा तार जोड्ने काम सकिएसँगै कोरिडोरले पूर्णता पाएको हो । अहिले यो खण्डमा शुक्रबारदेखि परीक्षण प्रसारण भईरहेको छ ।

    दुई ,तीन दिनको परीक्षणपछि पूर्ण रूपमा सञ्चालनमा ल्याइने आयोजना प्रमुख दीपेन्द्र द्विवेदीले बताए । तेस्रो खण्ड पाँचथर फिदिमको थापाटार सब–स्टेसनदेखि पाँचथरकै अमपुर सब–स्टेसन बीच रहेको छ । १३ किलोमिटर दूरीको तेस्रो खण्डमा ४० वटा टावर छन् । पहिलो खण्ड झापा लखनपुर–इलाम गोदक र दोस्रो गोदक–फिदिम थापाटार रहेको छ ।
    इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोड्न काबेली कोरिडोर बनाइएको हो । कोरिडोरको काम सक्न विभिन्न अवरोधका कारण दस वर्ष लाग्यो । धेरै उतार चढाव सामना गर्दै ढिलै भए पनि कोरिडोरले पूर्णता पाउँदा खुसी लागेको आयोजना प्रमुख द्विवेदीले बताए । कोरिडोरको लखनपुर, गोदक, थापाटार र पाँचथरको अमरपुरमा गरी चारवटा सब–स्टेसन छन् । पहिलो र दोस्रो खण्ड भने यसअघि नै सञ्चालनमा आइसकेको छ । अब तेस्रो खण्डबाट तत्कालमा १५ मेगावाट विद्युत् जोडिने जनाइएको छ । पाँचथरको इवाखोला हाइड्रोको १० र ताप्लेजुङ फावाखोला हाइड्रोको ५ मेगावाट जोडिने अवस्था छ । यसअघि पाँचथरमा निर्माण सम्पन्न भएका माथिल्लो र तल्लो हेवा जलविद्युत् पनि जोडिसकेका छन् ।
    अहिले माथिल्लोबाट १५ र तल्लोबाट २३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी इलामका १० वटा हाइड्रो पावरका विद्युत् पनि काबेली कोरिडोरमा जोडिएर केन्द्रमा गइरहेको छ । इलामको सिवानीको २९, अपरमाईको १८, सुपरमाईको ७.८ जोगमाईको ७.६ हिमाल दोलखाको चार मेगावाट जोडिएको हो ।
    त्यसैगरी हिमाल दोलखा क्यास्केटको ८, पुवाखोलाको ६, अपर पुवाको ३, पुवा फस्ट फलको ६ र अपर पुवा नेविप्राको ६.२ मेगावाट पनि जोडिएका छन् । दुई,तीन महिनापछि काबेली बीको २५ मेगावाट तेस्रो खण्डबाट जोडिने बताइएको छ । ३७.६ मेगावाटको निर्माणाधीन काबेली ए को विद्युत् पनि तेस्रो खण्डबाटै प्रशारण गरिने छ । तत्कालमा काबेली कोरिडोरबाट पाँचथरको ३८ र इलामको ९३.६ गरी जम्मा १३१.६ मेगावाट विद्युत् प्रवाह भइरहेको छ । ९० किलोमिटरको यस आयोजनाका १६१ टावर छन् ।
    आयोजनाका चार सब–स्टेसन २०६२,६३ वाट इन्डियन एबीबी कम्पनीले निर्माणको जिम्मा लिएर दुई वर्षअघि बनाइसकेको हो । प्रसारण लाइन निर्माणको जिम्मा भारतकै कम्पनी जगुवार ओभरसिज एन्ड एस्टर प्रालिले लिएको थियो । जगुवारले २०६७,६८ मा तीन वर्षमा सक्ने गरी जिम्मा लिएको काम हाल मात्र सकेको हो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology