कमलमा व्यवसायिक पशुपालन बढ्यो

  • प्रकाशित मिति : शनिबार, साउन १८, २०७६



  • दमक,१८ साउन । झापाको कमल गाउँपालिकामा व्यवसायिक रुपमा पशुपालन गर्ने क्रम बढेको तथ्याङकले देखाएको छ । गाउँपाािलकाले पशुपालक कृषकका लागि विभिन्न कार्यक्रम ल्याएसँगै पछिल्लो समय गाउँपालिकामा व्यवसायिक पशुपालन गर्ने कृषकको सख्या बढेको देखिएको पशुसेवा शाखाले जनाएको छ ।
    पशुसेवा शाखाका प्रमुख बद्री भट्टराईका अनुसार गाउँपालिकाले व्यवसायिक रुपमा पशुपालन गर्ने कृषकलाई गोठ निर्माण, भकारो सुधार कार्यक्रम , कृत्रिम गर्भाधानमा सहुलियत , व्यवसाय प्रवद्धन कोष मार्फत व्याज अनुदानमा विउ पूंजी समेत प्रदान गर्ने जस्ता कार्यक्रम ल्याए सगै पशुपालन तर्फ कृषकको आकर्षण बढ्दै गएकोछ ।
    व्यवसायिक रुपमा पशुपालन रोजगार समेत श्रृजना हुने भएकाले यस्ता फर्म तथा व्यवसायीलाई गाउँपालिकाले समेत सहयोग गर्दे आएको उनले बताए । पशु सेवा शाखाका अनुसार आर्थिक वर्ष २०७५ । ०७६ मा व्यवसायिक रुपमा ४७ जनाले गाई फर्म दर्ता गराएका छन् । त्यसैगरी ७ जनाले भैंसी फर्म ४३ जनाले बंगुर फर्म ६३ जनाले कुखुरा फर्म , १५ जनाले बाख्रा फर्म ३ जनाले माछा फर्म दर्ता गराएको भटटराईले जानकारी दिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology