१ करोड बढिको पुल माथि माया पिरतीका कुरा, दिउँसो खाली राती भिडभाड

  • प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६



  • दमक, साउन १६ । राजधानी बाहिर पहिलो पटक झापाको दमकमा निर्माण गरिएको आकाशे पुल औचित्य अनुसार सञ्चालनमा आउन सकेको छैन ।

    काठमाडौँ उपत्यका बाहिर पहिलो पटक दमकस्थित पूर्व पश्चिम मुख्य राजमार्गमा आकासे पुलको निर्माण भएपछि यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको थियो । पुल निर्माण पछि दमकको ट्राफिक व्यवस्थापनमा केही सहज आशा गरिएको थियो । तर एक करोड १४ लाख बढिको लागतमा निर्माण भएको पुल उदेश्य अनुरुप संचालनमा आउन सकेन । अहिले यो पुल दिनको समयमा केहि युवायुवतीहरुले सेल्फि खिच्ने र दमक बाहिरबाट आउने हरुले रहरकालागि चढने गरेको पाइएको छ ।

    दमक कै पहिचानको रुपमा हेरिएको यो पुलले दमकको ट्राफिक व्यावस्थापनमा निकै सहज हुने अपेक्षागरिएको भएपनि सडक पारगर्नकै लागि कसैले पनि यो पुलको प्रयोग गरेको पाईदैन । प्रधान मन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा प्रधानमन्त्री आली आफैले शिलन्यास र उद्धघाटन समेत गरिएको एक करोड बढि खर्चिएर निर्माण भएको पुलको औचित्य माथिनै बेला बेला प्रश्न उठने गरेको छ ।

    नगरको सौर्दयलाई स्तरबृद्धि गरि दुर्घटना न्युनिकरणमा समेत सहयोग पुग्ने उदेश्ये निर्माण भएको यो पुल अहिले युवा युवतीले सेल्फि खिच्ने र माया पिरतीका कुरागर्ने थलो बन्दै गएको पुल आसपासका व्यावसायीहरुले नाम नबताउने सर्तमा भनेका छन “दमकमा अन्य स्थानमा मनोरञ्जन र समय कटाउने पार्क उघयान नभएकाले यहि पुल युवा युवतीहरुको मुख्य रोजाईमा पर्नेगरेको छ ।’ पुल नजिकै व्यवसाय गर्दैआएका एक व्यवसायिले बताए ।

    दिउसो खुल्ला राती भिडमभिड

    सुरक्षाको दृष्टिकोणले समेत अहिले यो पुलमा जोखिम बढदै गएको छ । दिउसो केहिले सेल्फि खिच्न पुलको प्रयोग गर्नेगरेका भएपनि अधिकांश समय यो पुल सुनसान हुने गर्दछ । तर जव जब रात पर्दै जान्छ अनि पुलमा भिडभाड शुरु हुन्छ । यो पुलमा माया पिरतीका कुरा साटा साट गर्नशुरु हुन्छ ।

    पैदल यात्रीले प्रयोग गर्नुपर्ने यो पुल उदेश्य विपरित युवा युवतीहरुको भेटगर्ने र माया पिरती साटासाटको थलो बन्दै गएको छ । दमक नगरपालिकाको मुख्य चोक गणतन्त्र चोक देखि थोरै पश्चिम मुख्य राजमार्गमा ठडिएको आकाशे पुलले बिकृती निम्त्याउदै ल्याएको स्थानीयबासीहरुले गुनासो गरेका छन ।

    कुन उदेश्यले र किन युवायुवतीहरु यो पुलमा घण्टौ सम्म बस्छन यसको नियमन गर्ने काम सम्म पनि नभएको आसपासका व्यासायिहरुले गुनासो गरेका छ ।

    १ करोड १४ लाख रुपैयामा २५ मिटर लम्बाई , २ दशमलव ५ मिटर चौडाई र ६ दशमलव ३० मिटर उचाई रहेको आकाशे पुलको २०७२ साल पुस १७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास पछि उद्धघाटन समेत गर्नुभएको थियो । पुल निर्माणमा निर्वाचन पूर्वाधार क्षेत्र बिकास कोष, सांसद विकास कोष र दमक नगरपालिकाको बजेट खर्चिएको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology