स्कुल विभाग लिन तयार छु :खनाल

  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६



  • बिर्तामोड,१४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागको जिम्मेवारी लिन तछाडमछाड भईरहेको वेला पार्टीका वरिष्ठ नेता झलनाथ खनालले झापामा आएर स्कुल विभागको जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् । उनले पार्टीले विचार गरेर जिम्मेवारी दिए आफू स्कुल विभाग चलाउन सक्षम रहेको दावी गरे ।


    मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले म त प्रधानमन्त्री भएर देश नै चलाएको मान्छे भएकाले पार्टीले स्कुल विभागको जिम्मेवारी दिए त्यसलाई पूरा गरेर छाड्ने विश्वास दिलाए । उनले स्कुल विभागको विवाद मिडियाले चलाएको आरोप लगाए ।
    पार्टीभित्र कुनै विवाद नभएको तर, मिडियाले तीव्रताका साथ बहस चलाएर स्कुल विभागमा विवाद देखाएको उनको दाबी छ । खनालले स्कुल विभाग जसलाई दिएपनि ठूलो कुरा नभएको टिप्पणी गरे ।
    ‘स्कुल विभाग मलाई दिएपनि हुन्छ । ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलाई दिएपनि कुनै आपत्ति छैन’ उनले भने,‘तर, विभागहरु गठन गर्ने विषयमा थप गृहकार्य गर्ने सहमति भएको छ । हामी आगामी २८ गतेसम्म गृहकार्य गर्छो ।’ उनले थप गृहकार्य र सहमतिबाट पार्टि एकीकरण प्रक्रियालाई चाडै टुंग्याउन लागेको बताए ।
    उनले बांगाटिंगो हुँदै पार्टी एकीकरण प्रक्रिया अहिलेको अवस्थासम्म आइपुगेको बताए । ‘एकीकरण प्रक्रिया करिब एक वर्ष निस्क्रिय रह्यो । यसले पार्टीलाई ठूलो क्षति पुगेको छ । तर, अहिले वडा कमिटीसम्म र जनवर्गिय संगठनहरुलाई पनि अघि बढाएर यो प्रक्रियालाई चाडै टुंग्याउने प्रयास गरिरहेका छौं’ उनले भने ।
    नेता खनालले सरकारमा रहेको मन्त्रिमण्डलमा परिवर्तन गर्न जरुरी रहेको बताए । उनले केही मन्त्रीहरुको काम र योग्यता कमजोर देखिएकोले मन्त्री परिवर्तन गर्ने बेला भएको बताए । ‘पार्टीले सरकारको काम, कारबाहीको समिक्षा गर्ने बेला भएको छ । समिक्षा गर्दा मन्त्रिमण्डल पुर्नगठन गर्न जरुरी हुन्छ’ उनले भने ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology