शिवसताक्षीमा उपमेयर महिला फुटबल हुने

  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६



  • शिवसताक्षी ,१४ साउन । झापाको शिवसताक्षीमा प्रदेश नं १ स्तरीय उपमेयर कप हुने भएको छ । शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेश स्तरीय नकाउट महिला फुटबल प्रतियोगिता हुने भएको हो ।सोमबार शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिल पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा बारेमा जानकारी गराएको हो ।
    यही श्रावण १५ गतेदेखि २२ गतेसम्म हुने नकाउट फुटबल प्रतियोगितामा प्रदेश नंं १ का १० टिमले सहभागिता जनाउने खेलकुद विकास समितिमा अध्यक्ष फूर्वा लामाले जानकारी दिए ।


    प्रतियोगितामा प्रथम हुने टिमले रु ५१ हजार, द्वितीय हुने टिमले ३१ हजार नगदसहित प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकुद खेल्नका लागि मात्र नभई यसले नगरकै गरिमा उच्च राख्ने गरी खेलकुद सञ्चालन गर्ने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए । सेर्माले भने, शिवसताक्षी नगरपालिकाले खेलकुदका लागि अन्य नगरपालिकाको भन्दा बढी बजेट छुट्याएको छ । खेलकुदबाट यहाँका भाई बहिनीहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म पु¥याई नगरको गरिमा उच्च राख्ने गरी खेलकुद विकास समितिले काम गर्नु पर्ने नगरप्रमुख सेर्माको भनाई छ ।

    महिलाहरु पनि फुटबलमा विशेष चासो राख्ने र शिवसताक्षीका महिला खेलाडीहरु प्रदेश स्तरीय टिमसम्म पुग्न सफल भएकाले उपमेयर महिला फुटबल प्रतियोगिताका आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष लामाको भनाई छ । उपमयर महिला फुटबल प्रतियोगिता झापा मै पहिलो हो । प्रतियोगितामा ४ लाख ५१ हजार खर्च हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।

    शिवसताक्षी नगरले बर्षेनी सञ्चालन गर्ने मेयर कपबाट उत्पादिन खेलाडीहरु शिवसताक्षी नगरपालिका वडा नं। ११ का सजित राई अन्तराष्ट्रिय खेलमा सहभागी भएका छन् । त्यस्तै वडा न ०१ का सिमसन मोते, वडा नं। १० का मनिष लिम्बु, वडा नं ७ का सुजन रिजाल, निषा माझी लगायतले राष्ट्रिय तथा प्रदेश स्तयरीय खेलमा सहभागीता जनाइसकेको अध्यक्ष लामाले बताए । उनले नगर खेलकुदको विकास लागी फुटबल, भलिबल र क्रिकेटका खेलाडीहरुलाई राम्रो प्रशिक्षक झिकाई प्रशिक्षण गराईने समेत जानकारी दिए ।
    प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने भएको छ । नगरले यस आ।व।मा खेलकुदका लागि मात्रै ३० लाख बजेट छुट्याएको जनाएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology