सामूहिक खेतीसँगै आय–आर्जन र कृषि पर्यटन

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • गौरादह, १३ साउन ।  करीव एक सय बिगाहा क्षेत्रफलमा सामूहिक खेती हुँदै आएको झापाको गौरादह–५ मा कृषि पर्यटनको समेत शुरुवात भएको छ । स्थानीय महिलाहरुद्वारा सञ्चालित महारानीझोडा कृषि सहकारी संस्थालेले सामुहिक खेतीको प्रवद्र्धन गरेको हो । तर यसलाई संघीय सरकारलेनै देशका पर्यटकीय गन्तव्यहरुको सुचीमा कृषि पर्यटनको गन्तव्यको रुपमा सुचिकृत गरे पछि यहाँ पर्यटकीय गतिविधि पनि बढेको छ ।

     

    खेतमै ‘होमस्टे’
    सहकारी संस्थाले सञ्चालन गरेको यहाँको सामुहिक खेती क्षेत्र भित्रनै पर्यटकहरुको सुविधा र आकर्षणका लागि होमस्टे समेत निर्माण गरिएको छ । कृषि पर्यटनलाई लक्षित गरी पहिलो पटक कृषि नमूना पाहुना घरको निर्माण समेत गौरादहमा थालिएको हो । नमूना एकिकृत कृषि सहकारी खेतीले पाहुना घर निर्माण कार्यलाई तिब्रता दिएको संस्थाले जनाएको छ । यस ठाउँमा देशका बिभिन्न सहकारी, कृषक समुह, महिला समुह, क्याम्पस लगायतबाट दर्जनौं अवलोकन टोली आउने गरेका छन् । उनीहरुसँगै अन्य पाहुनाहरुका लागि लक्षित गरि होमस्टे निर्माण गरिएको हो ।संँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ५० लाख रुपियाँ सहयोगमा पाहुना घर निर्माण शुरु गरिएको नमूना एकीकृत सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिएका छन् ।
    नमूना कृषि ‘होम स्टे’को रुपमा पाँचवटा घर निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ । गत चैतमा संघीय सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले यसको शिलान्यास गरेका थिए । सामूहिक खेतीलाई प्रवद्र्धन गर्दै आएको महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालका अनुसार वार्षिक १५ हजार कृषि पर्यटक यहाँ आउने गरेका छन् । नगरपालिकाले समेत नमूना सहकारी खेतीलाई औद्योगिक तरकारी खेति कृषि अनुसन्धान केन्द्रमा रुपान्तरण गर्ने जनाएको छ । सामूहिक सहकारी खेतीभन्दामाथि तरकारी खेतीको अनुसन्धान केन्द्र बनाउने गरी आवश्यक बजेट ब्यवस्थापन गर्ने नगरप्रमुख रोहितकुमार शाहले जानकारी दिएका छन् ।
    खेतीसँगै उद्यम
    यस सहकारी संस्थामा आवद्ध महिलाहरुले सामुहिक तथा आधुनिक खेतीसँगै उद्यमशिलताको शिप समेत सिक्दै आएका छन् । सहकारी संस्थाले संस्थामा आवद्ध महिलाहरुलाई कुनै न कुनै शिपयुक्त बनाउने लक्ष्य लिएको अध्यक्ष ढकाल बताउँछिन् ।‘हाम्रा कुनै पनि सदस्यहरु शिप बिहिन रहनु हुनेछैन, त्यहि योजना अनुसार कम्तिमा एक सदस्य, एक उद्यमको लक्ष्य सहित हामीले बिभिन्न तालिम दिँदै आएका छौं’–उनले भनिन् । संस्थाले महिलाहरुलाई दुधका परिकार बनाउने, सावुन बनाउने, व्यवसायीक पशुपालन, अचार बनाउने लगायतका बिभिन्न प्रकारका तालिम समेत दिँदै आएको छ । तालिम लिएका महिलाहरुले बिभिन्न उद्यम समेत सञ्चालन गर्दै आएका छन् । संस्थाले उत्पादन गरेका अचार, दुधका परिकार, तरकारी जस्ता उत्पादनहरु सहकारीको अवलोकन गर्न आउने आगन्तुकहरुको रोजाईमा पर्ने गरेका छन् । यातायातको समेत सहज पहुँच रहेकाले यहाँ वर्षायाम बाहेक अरुबेला दैनिक ४,५ ओटा सम्म अवलोकन टोली आउने गरेका छन् । तिनै अवलोकन टोलीका सहभागीले महिलाहरुद्वारा उत्पादित समान खरीद गर्ने भएकाले बिक्रिका लागि समेत सहज भएको छ ।
    नीति निर्माताको चासो
    महिलाहरुद्वारा प्रवद्र्धन गरिएको सामुहिक खेती, कृषि पर्यटन, उद्यमशिलताको विकास तथा सहकारी मार्फत आय आर्जनमा सुधारको कार्य प्रति नीति निर्माताहरुको पनि ध्यान खिच्दै आएको छ । यहाँको कृषि तथा उद्यमशिलताको अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, बिभिन्न बिभागीय मन्त्रीहरु समेत पुगि सकेका छन् । कृषि, उद्योग, सहकारी लगायतका बिभागीय उच्च सरकारी अधिकारीहरु त बारम्बार पुगि रहन्छन् । सहकारीमा आवद्ध महिलाहरु सामुहिक तथा एकल तरकारी खेती, बेमौषमी फलफूल लगायतको उद्यम समेत सञ्चालन गर्ने गरेकाले यो अभ्यास धेरैका लागि अनुशरण र सिकाईको श्रोत समेत बनेको गौरादह नगरपालिकाका प्रमुख शाह बताउँछन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology