नेपाली जनसम्पर्क समिति इजरायलले मनायो बिपिको ३७ औं स्मृति दिवस

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • इजरायल । नेपाली जनसम्पर्क समिति इजरायलले भव्यताका साथ स्वर्गीय बिपि कोइरालाको ३७ औं स्मृति दिवस साथै समितिको तेश्रो वार्षिक स्थापना दिवस इजरायलको तेल अभिवमा सम्पन्न गरेको छ ।

    समितिका महामन्त्री राज छत्कुलीका अनुशार कार्यक्रममा सभापतिको आसन ग्रहण संस्थाका सभापति खगेश्वर अधिकारीले गरेका थिए भने प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङ, अतिथिहरुमा संस्थाका सल्लाहकारहरु सुरेन्द्र प्रसाइ, अर्जुन पौडेल, भरत लामा, रमन अधिकारीले गरेका थिए।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका संस्थापक नेता स्वर्गीय बिपि कोइरालाको फोटोमा माल्यार्पण गरि नेपाली जनसम्पर्क समिति इजरायलको स्थापना दिवसको अवसरमा केक काटेर उद्घाटन गरिएको थियो ।

    कार्यक्रममा राष्ट्रिय गान बजाएर रास्ट्र प्रति सम्मान गर्दै ज्ञात-अज्ञात शहिदहरुलाइ सम्झिदै १ मिनेट मौनधारण गरिएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य संस्थाकि उपसभापति नितु कार्कीले दिएकी थिई भने कार्यक्रममा बोल्दै वक्ताहरुले वीपीले देखाउनुभएको समाजवादलाइ अगाल्दै देशमा सु-शासन, स्थायित्व अनि आर्थिक बिकासका लागि आगामी दिनहरुमा केन्द्रिय नेताहरुले पहल गर्नुपर्ने सुझाव राखेका थिए |

    कार्यक्रमको सन्चालक संस्थाका महामन्त्री सुर्य रानाले गरेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology