बुद्धशान्तिकि मृगौला पिडित मनिषालाई युएइबाट आर्थिक सहयोग

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • बुद्धशान्ति । झापा बुद्धशान्ति गाउँपालिका ४ कि मृगौला पिडित मनिषा मगरलाई झापाली समाज युएइबाट आर्थिक सहयोग गरिएको छ ।

    झापाली समाज युएईका सचिव पारस लामाको संयोजकत्वमा संकलन गरिएको नगद रु १ लाख ४८ हजार १ सय २५ रुपैँया आइतबार मनिषाको घरमानै गएर मनिषाकी आमालाई नरुषा घिसिङ र एलिसा तामाङले हस्तान्तरण गरेका थिए ।

    आर्थिक अवस्था कमजोर भएको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि उनको परिवार यतिबेला आर्थिक समस्या परेको हो । यतिबेला मनिषाको ललितपुर स्थित किस्ट कलेजमा उपचार भइरहेका छ । हप्तामा २ चोटी देखि ३ चोटी सम्म डाइलोसिस गर्नु पर्ने अवस्था रहेको मनिषाको मृगौला प्रत्यारोपणमा ठुलो रकम लाग्ने भएकाले सबैमा सहयोग गरिदिन उनकी आमा प्रेम कुमारी मगरले अनुरोध गरेकी छिन् ।

    पारिवारिक अवस्था अत्यन्तै कमजोर भएकोले स्थानीय राजेन्द्र राईको संयोजकत्वमा यतिबेला मनिषा मगर बचाउ अभियान समेत संचालन गरि आर्थिक संकलनको कार्य अघि बढाइएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology