अध्यक्षको आंकाक्षी म नै हुँ : सुब्बा

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • –छत्र सुब्बा फुरुम्बो अन्तराष्ट्रिय झापाली समाजका कार्यवाहक केन्द्रीय अध्यक्ष हुन् ।  समाजका पूर्व प्रवक्ता र हाल वरिष्ठ उपाध्यक्ष भएर जिम्मवारी वहन गरिआएका सुब्बाले महिनादिन यता कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

    अध्यक्षले केहि समयका लागि वरिष्ठ उपाध्यक्ष सुब्बालाई कार्यवाहकको जिम्मेवारी दिएपछि कार्यवाहकका हैसियतले समाजको आसन्न महाधिबेशनका आन्तरिक तयारीमा केन्द्रीत छन् उनी । समाज विदेशमा बस्दैआएका झापालीहरुको छाता संस्थाका रुपमा यसले काम गरिआएको छ । समाजले हाल विश्वका २८ राष्ट्रमा आफनो सञ्जाल निर्माण गरेको छ ।
    विदेशमा रहने झापालीहरुवीच समन्वय गरि स्थापना गरिएको सो संस्थाले मुख्य गरि जिल्लाका सामाजिक तथा अन्य विभिन्न क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विगत एक दशकदेखि क्रियाशील रहिआएको छ । विगत सात वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा हङकङमा कार्यरत सुब्बा समाजको आसन्न दोश्रो महाधिबेशन सम्पन्न गर्ने जिम्मेवारीमा सक्रिय छन् । हङकङमा रहदाँ हङकङ–झापा मञ्चको दुई कार्यकाल सचिव हुदै अध्यक्षको नेतृत्व तहमा बसेर काम गरे । विदेशमा तथा स्वदेशमा रहदाँ सामाजिक क्षेत्रमा रुचि राख्ने सुब्बा अन्तराष्ट्रिय झापाली समाजको आसन्न महाधिबेशनमा अध्यक्षको आकांक्षी देखिएका छन् । काम गरिआएको व्यक्तिले नेतृत्वका लागि जिम्मेवारी माग्नु स्वभाविक भएको उनको तर्क छ ।
    प्रस्तुत छ , दमक ५ निवासी सुब्बा दमक आएका बखत समाज र सामाजिक क्षेत्रका बारेमा उनीसंग गरिएको कुराकानी ।

    अन्तराष्ट्रिय झापाली समाज कस्तो संस्था हो ,यसले के गरिआएको छ ।
    झापा घर भएर रोजगारीका सिलसिलामा विदेशमा बस्दैआएका झापालीहरुको विशुद्ध साझा संस्था हो । संसार भरि छरिएर रहेका झापालीहरुवीच आपासी एकता,समन्वय गरि जिल्लाको समग्र क्षेत्रमा काम गर्ने उद्देश्यका साथ यस समाज स्थापना भएको विदितै छ ।स्थापनाको छोटो अवधिमा यसले हरेक देशमा आफनो सञ्जाल निर्माण गरिआएको छ । अहिले २८ देशमा यस संस्थाले आफनो सञ्जाल वनाईसकेको छ । आवश्यकता अनुसार विदेशमा समेत संस्थाले आन्तरिक भेला ,वैठक सम्पन्न गरिआएका छौं ।
    यसवीचमा यस संस्थाले झापाको विर्तामोडमा ऐतिहासिक प्रथम महाधिबेशन सम्पन्न गरिसकेको भने जिल्लाको विभिन्न सामाजिक कार्यहरुमा समेत सकेसम्म योगदान पुरयाँउदैआएको छ । यहाँलाई विदितै छ , हाम्रो अगुवाईमा जिल्लाको कमल गाँउपालिका १ मा दुई वर्ष अघि बाढीका कारण विस्थापित मिस्त्रीवस्तीका अति विपन्न परिवारलाई पूर्नास्थापना गराउने कार्य सकिसकेको छ । नयाँ घरमा विस्थापितहरुलाई पूर्नास्थापना गरिसकेका छौं । छिट्टै ती घर औपचारिक रुपमा घर हस्तान्तरण गर्ने सोच वनाएका छौ ।

     

    संस्थाको महाधिबेशन हुदै छ ? त्यसको तयारी के के भईरहेका छन् ?
    अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन यसपटक पनि जिल्लामा नै गर्न लागिएको हो । महाधिबेशनको मिति तय गरिएपनि स्थान भने दमक ,विर्तामोड मध्ये एक स्थानमा हुने छ । यसअघि समाजको महाधिबेशन विर्तामोडमा भएको थियो । त्यसैले सके दमकमा नै महाधिबेशन गर्नुपर्छ भन्ने साथीहरुसंग आग्रह गरिआएको छु ।
    महाधिबेशनलाई भव्यताका साथ सम्पन्न गराउन आगामी वैठकले स्थान तोकिने तथा अन्य आवश्यक तयारी उपसमितिहरु समेत गठन गरिने छ । विश्वका २८ देशको प्रतिनिधित्व रहने र त्यसले समाजको नयाँ नेतृत्व समेत चयन गरिने छ ।
    महाधिबेशनमा कति प्रतिनिधि,पर्यवेक्षकको सहभागिता रहने छ ?
    मैले अघि पनि उल्लेख गरेका थिए , विश्वमा रहेका झापालीहरुलाई प्रतिनिधित्वमूलक सक्रिय सहभागिता गराउने सोच वनाएका छौं । महाधिबेशनमा समाजको सञ्जाल रहेका २८ वटै देशबाट ५ सयका हाराहारीमा प्रतिनिधि,पर्यवेक्षकहरुको सहभागिता रहने अनुमान गरेका छौं । महाधिबेशनले संस्थाका आन्तरिक अवस्था, समस्या तथा भावी कार्यदिशाका बारेमा घनिवुत छलफल गर्ने छौं । महाधिवेशनले संस्थाको सिंगो भविष्यलाई थप शसक्त बनाउन मार्गदर्शन गर्ने छ भन्ने समेत अपेक्षा गरेका छौं । निश्चय पनि हामी यस संस्थालाई मजवुत सामाजिक संस्थाको रुपमा स्थापित गराउन आसन्न महाधिबेशनले कोसेढुंगा वन्ने ठानेका छौं ।
    यसरी प्रवासमा बसेर पैसा कमाएर मोजमस्ती गर्न छाडेर किन स्वदेशका सामाजिक कार्य गर्न ,संगठित हुन किन इच्छा राख्नुभयो ?
    राम्रो जिज्ञासा राख्नुभयो । रोजगारीका लागि विदेशिनु पहिलो त कसैको रहर होइन्, यो हाम्रो बाँध्यता हो । स्वदेशमा रोजगारी भएका भए ,विदेशी भूमिमा अर्काको नोकर हुनु रहर विल्कुल हुदै हुदैन् । जति विदेशका भूमिमा छन्, अधिकांसको एकैकिसिमको बाँध्यता रहिआएको छ । विदेशमा वसेर पनि हाम्रो हरेक समय स्वदेशमा हुने गर्छ । स्वदेशका हुने हरेक घटनाक्रमहरुसंग अहिलेको प्रविधिले नजिक वनाएको छ । सूचना प्रविधिको पहुँचका कारण समाज गतिशील वन्दै गएको छ । त्यसैले पनि अवको समाज ,त्यो हिजोको जस्तो समाजसंग सिमीत रहन सक्दैसक्दैन् । यहाँ भन्न खोजेको के हो भने अव समाजमा बसेपछि समाजसंग जोडिएका अन्य सरोकारका पाटाहरु पनि हाम्रा दायित्व हुन् भन्ने भावना जागृत हुदैगएको छ । त्यसैले त भन्दैआएको छु, हरेकले समाज भन्दा पृथक रहनु हुदैन् । स्वदेशमा मात्र होइन हामी विदेशका कर्मभूमिमा रातदिन पसिना चुहाएर कमाएको पैसासंग थोरै भएपनि सामाजिक ,मानवीय तथा परोपकारका क्षेत्रमा खर्चिनु पर्छ ।
    यसैले म विदेशमा वसेपनि कुनै न कुनै माध्यमबाट स्वदेशका सामाजिक कार्यमा आफूलाई समर्पीत गरिआएको छु । मलाई पैसा कमाएर मस्ती गर्ने भन्दा कमाएको थोरै पैसा स्वदेशका लागि लगानी गर्न थाल्दैआएको छु ।
    यसरी सामाजिक कार्यमा लाग्ने कसरी मिल्यो त ?
    विदेश जान अघि गाँउघरमा रहदाँ होस या विद्यार्थी जीवनमा । कहिल्यै पनि समाज भन्दा बाहिर गएर बस्न सकिन् । गाँउघरका साथीभाई,इष्टमित्रहरु पर्ने सुखदुखका हरेक क्षणमा आफूले सद्भाव,सहानूभूति राख्ने गरिआएका थिए । विदेशमा झनै त्यसले प्रभावित वनायो । संस्थागत रुपमा हङकङ झापा मञ्चको दुई वर्ष सचिव र पछि पाँच वर्ष अध्यक्ष भएर नेतत्वदायी भूमिका निर्वाह गरे । त्यसवेला जिल्लामा धेरै कार्य गर्न सकेका थियौ । जिल्लामा हुने खेलकुद होस या कोहि थलिएर उपचार गर्न नपाएका परिवारलाई लाखौ रकम उठाएर सहयोग पुरयाँउन सकेका छौं । विदेशमा सारोगारो परेका झापालीहरुको हितमा काम गरिआएका छौं । यस्तो सौभाग्य जुटाउने काम भनेको यसै संस्था हो । यसले नै विदेशमा बस्नेहरुवीच एकता गर्ने महत्वपूर्ण माध्यम वन्न पुगेको छ ।
    मूलत सामाजिक कार्य भनेको परोपकारी काम हो । जसलाई इमान्दारिताका साथ पूरा गर्न सके आत्मसन्तुष्टि प्राप्त हुन्छ । हेर्नुस, मान्छेका लागि आत्मसन्तुष्टि भन्दा ठुलो केहि हुनै सक्दैन् । हरेकले अव सामाजिक कार्यमा आफूलाई समाहित गर्न सके मात्र समाजले समृद्धि प्राप्त गर्न सक्छ ।
    विदेशमा वसेर पनि विदेशसंगै स्वदेशका विभिन्न सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ ?
    समय व्यवस्थापन गर्न सके सवै क्षेत्रमा सहभागिता जनाउन सकिन्छ । तर ,इच्छा राखेर मात्र हुदैन,त्यसमा धैर्यता,इमान्दारिता ,नैतिकवान वन्न जरुरी छ । जहाँसम्म हामी विदेशमा बस्ने झापालीहरुले विदेशमा जति काम गरेपनि रातदिन स्वदेशकै दिनचर्यामा हाम्रो ध्यान गएको हुन्छ । जिल्लाका दुखसुखका घटनामा सहानूभूति राख्ने,सकेको सहयोग पुरयाँउने भावना जागृत पनि हुदै गएको छ । त्यसैले पनि यस्ता सामाजिक कार्य गर्न ,सहयोगी हातहरु सञ्चालन गर्न संस्थागत रुपमा झनै भूमिका अपरिहार्य हुन्छ । त्यस कार्यमा म लगायत म आवद्ध संस्थाहरु अनवरत रुपमा क्रियाशील रहेका छौं ।

    यस संस्थाको नेतृत्वमा मेरो आकांक्षी हुनु खासै नौलो होइन् । हिजो देखिको निरन्तरता र सांगठानिक प्रतिको जिम्मेवारीका कारण पनि मैले अध्यक्षको दावी राख्नु अनर्थ पक्कै पनि होइन् नै । किन की ,जिम्मेवारीको हिसावले पनि पालो मेरै हो भन्ने लाग्छ । वरिष्ठ उपाध्यक्ष भएपछि अव अध्यक्षको वन्न खोज्नु लोकतान्त्रिक संस्कार भित्र पनि पर्छ । त्यसैले पनि मैले अवको नेतृत्व पाउनु पर्छ भन्ने मेरो दावी मात्र होइन् पहिलो आधार पनि हो । साथीहरुसंग आग्रह गर्न चाहन्छु,अनुरोध गर्न चाहन्छु , यस समाजलाई थप विकास गर्न आसन्न महाधिबेशन पक्कै पनि ऐतिहासिक हुने छ । सवल नेतृत्व , सर्वसम्मत नेतृत्व चयन गर्न हामी एक भएर अघि बढ्न सक्नु जरुरी छ ।

    ……………………………………………………………………………………………………………………………………………………………………..

    आफूले पुरयाँएको सामाजिक कार्य प्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
    निश्चय पनि सन्तुष्ट छु । हङकङमा रहदाँ त्यहाँ दुख पाएका , काममा समस्या तथा अन्य सरकारी कार्यायलवाट हुन सक्ने समस्या समाधान गर्न थोरै भएपनि यस संस्थाले काम गरिआएको छ । प्रवासमा रहदाँ नेपाली संस्कृति,भाषा ,साहित्य ,कला मनोरञ्जनको संरक्षण गर्न तथा विभिन्न सामाजिक कार्य गर्नका लागि धेरै काम गर्न सफल भएका छौ । हामीले पुरयाँएको सहयोगका कारण कतिपयले अहिले पनि स्मरण गरेर धन्यवाद दिने गर्छन् । यो भन्दा ठुलो मानवीय धर्म अरु ककेही हुन सक्दैन् । दुखमा परेकालाई सेवा गर्नुनै धर्म हो नी, त्यस कार्यमा हामीले संस्थागत सक्दो योगदान गरिआएका छौं जस्तो लाग्छ ।
    समाजको नजिकिदै गएको महाधिबेशनमा तपाई अध्यक्षको आकांक्षी हुनुहुन्छ भन्ने छ नी ?
    निश्चय पनि । यस संस्थाको नेतृत्वमा मेरो आकांक्षी हुनु खासै नौलो होइन् । हिजो देखिको निरन्तरता र सांगठानिक प्रतिको जिम्मेवारीका कारण पनि मैले अध्यक्षको दावी राख्नु अनर्थ पक्कै पनि होइन् नै । किन की ,जिम्मेवारीको हिसावले पनि पालो मेरै हो भन्ने लाग्छ । वरिष्ठ उपाध्यक्ष भएपछि अव अध्यक्षको वन्न खोज्नु लोकतान्त्रिक संस्कार भित्र पनि पर्छ । त्यसैले पनि मैले अवको नेतृत्व पाउनु पर्छ भन्ने मेरो दावी मात्र होइन् पहिलो आधार पनि हो । साथीहरुसंग आग्रह गर्न चाहन्छु,अनुरोध गर्न चाहन्छु , यस समाजलाई थप विकास गर्न आसन्न महाधिबेशन पक्कै पनि ऐतिहासिक हुने छ । सवल नेतृत्व , सर्वसम्मत नेतृत्व चयन गर्न हामी एक भएर अघि बढ्न सक्नु जरुरी छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology