झापामा जारी ३ टि२० मैत्रीपुर्ण क्रिकेट सिरिजको पहिलो खेलमा मिलन क्रिकेट एकेडमी बिजयी

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • झापा । प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर र मिलन क्रिकेट एकेडमी बिचको झापामा जारी ३ टि२० मैत्रीपुर्ण क्रिकेट सिरिजको पहिलो खेलमा मिलन क्रिकेट एकेडमीले प्याट्रीयोटिक बिरुद्ध २८ रनको जित निकाल्दै सिरिजमा अग्रता लिएको छ |आज सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मिलन क्रिकेट क्लबले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो |

    मिलनको लागि पवन कर्माले ३१ बलमा २७ रन र मनिस खरेलले १२ बलमा २५ रन जोडेका थिए । प्याट्रीयोटिकको लागि संगम बुढाथोकीले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए भने दिपु ओलि र आशीर्वाद उपेद्धीले समान २/२ विकेट लिएका थिए |

    ८९ रनको लक्ष्य पछ्याएको प्याट्रीयोटिक १५ ओभरमा ६० रन जोड्दा अल आउट भएपछी २८ रनले पराजित रह्यो । प्याट्रीयोटिकका लागि दिपु ओलिले ३७ बलमा २२ रन जोडेका थिए | मिलन क्रीकेट क्लबको लागि अभिषेक श्रेष्ठले ३ ओभरमा ९ रन दिएर ५ विकेट लिए।

    मिलन क्रीकेट क्लबले सिरिजमा १-० ले अग्रता लिएको छ। सिरिजको दोस्रो खेल सोमबार र तेस्रो खेल बिहिबार हुनेछ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology