सामाजिक व्यक्तित्व श्रेष्ठलाई मातृशोक, मलामी जाने जानकारी

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुंगी निवासी सामाजिक व्यक्तित्व तथा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य शेरबहादुर श्रेष्ठलाई मातृशोक परेको छ ।

    शेरवहादुर स्थानीय चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष तथा निर्माण व्यवसायी समेत हुन् ।

    श्रेष्ठकी ममतामयी माता पवित्रा देवी श्रेष्ठको शुक्रबार अपरान्ह ३ बजे ८१ बर्षको उमेरमा आफनै निवासमा निधन भएको हो । उनी लामो समय देखी पेटको बिरामी रहेकी थिईन् ।

    भोजपुरबाट झापा आई बसोबास गरेकी श्रेष्ठको शव भोलि शनिवार बिहान साढे ८ बजे पवित्र कन्काई माई धाममा दाहासंस्कार गरिने जनाईएको छ ।

    उनका छोराहरु दुर्गा ,सेरबहादुर र ललित ,नातिनातिनी,पनातिहरुका अभिभावक रहेकी थिईन् ।

    परिवारक अनुशार दाहसंस्कार मिति साउन ११ गते शनिवारका दिन विहान ८ वजे पवित्र कन्काई माइधाममा अन्त्येष्टि गरिने भएको हुदाँ सम्पूर्ण आफन्त, नातागोता, कुलकुटुम्ब, छरछिमेकी, शुभचिन्तक, शुभेच्छुकहरुमा मलामी भेला भई दिन हुन जानकारी गराएका छन्।

    छोराहरु: दुर्गा श्रेष्ठ, शेरवहादुर श्रेष्ठ,ललित श्रेष्ठ तथा समस्त श्रेष्ठ परिवार कमल गाँउपालिका ५ पाडाजुँगी ,झापा

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology