गीतकार वाङ्चुको लोपोन्मुख लेप्चा जातिको प्रतिनिधित्व गर्ने गीत सार्वजनिक

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • नेपाली आधुनिक सुगम संगीतमा सफल हुन खोजिरहेका गीतकार सुमन लेप्चा ९वाङचु० को नयाँ गीत सार्वजनिक भएको छ ।

    माया, प्रेम सम्वन्धि गीत लेख्न रुचाउने सुमनले यसपालि भने बेग्लै कोशेली स्रोता तथा दर्शक सामु पस्किएका छन् । लोपोन्मुख लेप्चा जातिको भाषा, संस्कृति, भेषभुषा र रहन–सहन संरक्षण र सम्वर्धन गर्नु पर्छ भन्ने भाव वोकेको खाम्री म बोलको गीत लेखेर उनले लेप्चा समुदाय एक हुन आब्हान समेत गरेका छन् ।

    उनको रचनामा बनेको यो गीतलाई चर्चित गायक तथा संगीतकार जीतेन लेप्चाले गाएका छन् र उनैको संगीत छ । यो गीत केही दिन अघिमात्र युट्युव मार्फत अडियो गीत सार्वजनिक गरिएको हो । नेपालको पूर्वीय जिल्ला इलाम जिल्लामा मुख्य बसोवास रहेको यो समुदाय लोपोन्मुख जातिमा पर्छ । पछिल्लो समय पुराना पुस्ताले नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति हस्तान्तरण गर्न नसक्दा लोप हुने खतरा पनि उस्तै छ ।

    यसका साथै धर्म परिवर्तनले पनि यो जातिको लोक सांस्कृति धरापमा पर्दै गएको छ । यसै विषयलाई मध्यनजर गर्दै गीतकार सुमनले यो गीत लेखेका हुन् । उनले यो गीत मार्फत आफ्नो भाषा, संस्कृति जोगाउन र विभिन्न क्षेत्रमा छरिएर बसेका लेप्चा समुदाय एकजुट हुन आब्हान समेत गरेका छन् । नेपालको जनगणना २०६८ को तथ्याङ्क हेर्ने हो भने लेप्चा समुदायको कुल जनसंख्या ३ हजार ४ सय ४५ जना छ ।

    उनीहरु मध्ये ३ हजार २ सय ६४ जना ग्रामीण अनि १ सय ८१ जना शहरी क्षेत्रमा बसोवास गर्छन् । पूर्वाञ्चलमा सवैभन्दा बढी ३ हजार ६ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिममाञचलमा ५ र सुदुर पश्चिमञ्चलमा २ जनाको बसोवास रहेको तथ्याङ्कले देखाउँछ । थोरै जनसंख्या भएको यसजातिको उथ्थान र संस्कृति संरक्षण सहयोग पुग्ने गीतकार सुमनको दावी छ ।

    यस गीतको म्यूजिक भिडियो पनि चाँडै बन्ने बताएको छ । यसअघि उनले लेखेका गीत गायक तारा लक्सम र जीतेन लेप्चाले गाएका छन् । उनी झापा बुद्धशान्ति गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology