इजरायलमा आयोजना हुदै गरेको तीज कार्यक्रमको तयारी तिब्र

  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६



  • इजरायल । इजरायलमा आयोजना हुदै गरेको तीज कार्यक्रमको अन्तिम तयारी तिब्र थालिएको छ ।

    नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा इजरायलमा यस बर्ष पनि गएका बर्षहरु जस्तै भव्य तीज विशेष कार्यक्रमको आयोजना गरिने हो ।

    झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा रहेका बिभिन्न संघ संस्थाहरुको आयोजनामा आगामी ३० अगस्त शुक्रवार तेलअभिव अवस्थित तेलअभिव युनिभर्सिटी हलमा ‘बृहत तीज महोत्सव’ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

    पछिलो समय चर्चित गीत गीत ‘बोल माया’ र ‘गलबन्दीकी चर्चित लोक गायिका शान्तिश्री परियार, चर्चित भर्सटाइल गायकद्वय प्रमोद खरेल, हिमाल सागर र चेतन सापकोटा साथमा पछिल्लो समय युवा जमातद्वारा मन पराइएकी चर्चित गायिका टिका प्रसाई गरी ५ चर्चित कलाकारहरुलाई एकै पटक एउटै मञ्चमा उतार्ने जमर्को गरेको छ ।

    आयोजककाअनुशार यस पटक विगतमा आयोजना हुने गरेका अन्य कार्यक्रमका हुने गरेका कमी कम्जोरीहरुलाई सुधार्दै दर्शकवृन्दको सुविधालाई विशेष जोड दिने तयारीमा रहेको बताइएको छ । यसपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउन के कसरी कार्यक्रमको तयारी गर्न सकिन्छ भन्ने व्यापक छलफल गर्न थालिएको आयोजकले बताएको छ ।

    रवि लामिछाने फाउन्डेसनले कर्णालीमा बनाउदै गरेको नमुना डिजिटल रास्कोट अस्पताल निर्णाण सहयोगार्थ आयोजना गर्न लागिएको उक्त कार्यक्रमलाई थप आकर्षण प्रदान गर्न आयोजकले तिज फोटो प्रतियोगिताको समेत आयोजना गरेको छ । सम्म ११५ जना इजरायलमा रहेका नेपाली दिदीवहिनीहरुले प्रतियोगितामा सहभागिता जनाइसकेका छन् भने आगामी २६ अगष्टसम्म प्रतियोगितामा भोट गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार सामसुमङको Galaxy A50 मोवाइल, द्वितिय पुरस्कार ५०० शेकेल र तृतिय पुरस्कार २५० शेकेल नगद प्रदान गरिने बताइएको छ ।

    कार्यक्रमलाई भब्य र सब्यरुपमा सफल बनाउन एनआरएनए इजरायल कार्यक्रम संयोजकको रुपमा रहेको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology