आन्तरिक राजश्व कार्यालय दमकमा प्यान नम्बर लिनेको भिड बढयो

  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६



  • दमक | सरकारले यही श्राववण १ गते बाट लागु हुने गरि व्यवसायिक प्रतिष्ठानले आफ्ना कर्मचारी तथा कामदारलाई दिने पारिश्रमिक भूक्तानीमा नयाँ व्यवस्था गरेको छ ।

    सरकारले भुक्तानीमा प्यान पनि अनिवार्य गरेपछि झापाको माइपश्चिमको दमकमा रहेको आन्तरिक राजश्व कार्यालय दमकमा प्यान नम्बर लिन आउनेको भिड बढेको छ । सरकारले स्थायी लेखा प्यान नम्बर नभएका कर्मचारी तथा व्यासायिक, औधोगिक तथा विभिन्न क्षेत्रका कामदारलाई दिने पारिश्रमिक तथा ज्याला खर्चलाई स्थायी लेखा नम्बर उल्लेख नभएको एक हजार रुपैयाँभन्दा बढीको विजक बापतको खर्च कट्टी गर्न नपाउने ब्यबस्था गरेको छ । यो व्यवस्था लागु भएपछि प्यान नम्बर लिने सर्वसाधारण बढेका छन ।

    प्यानको व्यवस्थासँगै कुनै कम्पनीले कामदार र कर्मचारीलाई दिनुपर्ने पारिश्रमिक बैंकमार्फत भूक्तानी दिनुपर्नेछ भने त्यसमा प्यान नम्बरसमेत समावेश गर्नुपर्छ । प्यानमार्फत भूक्तानी गर्दा कामदारले पाएको पारिश्रमिकको यकिन विवरण सरकारलाई थाहा हुन्छ ।

    प्यानको महत्व के छ

    तर धेरै कर्मचारी तथा कामदार अझै पनि प्यानको विषयमा जानकार नभएको आन्तरिक राजश्व कार्यलय दमकका प्रमुख कर अधिकृत रामप्रसाद पाठक बताउनु हुन्छ । प्यानबाट पारिश्रमिक पाउने व्यक्तिले आयकर छली गर्ने संभावना रहँदैन भने व्यावसायिक फर्म तथा कम्पनीले कर्मचारी तथा कामदारलाई दिएको यथार्थ पारिश्रमिक खर्च थाहा हुन्छ ।

    नयाँ व्यवस्थासँगै एक हजार रुपैयाँभन्दा थोरै ज्याला वा पारिश्रमिक मात्रै अब प्यानबाहेक भूक्तानी गर्न सकिने कार्यलयका प्रमुख पाठकले जानकारी दिनुभयो ।

    प्यान विना गरिएको भूक्तानीलाई सरकारले कम्पनीको खर्च गणना गर्न दिँदैन । यो कार्यालयबाट मात्र हाल सम्म ५ हजार बढिले प्यान नम्बरमा लिइसकेको आन्तरिक राजश्व कार्यालय दमकले जनाएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology