झडपमा संलग्न ९ जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • दमक,८ साउन । झापाको दमकमा आज दिउँसो दुई युवा समूहवीच झडपमा संलग्न भएको आशंकामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।  घटनामा संलग्न भएको आशंकामा दमक ३ का १८ बर्षिय कुशल मगर,दमक १ वस्ने १८ बर्षिय अभिषेक राई,सोहि वडाका १८ बर्षिय रोहित राई लगायतलाई आज साँझ अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

    पक्राउ परेका सवैलाई दमक प्रहरीको नियन्त्रणमा लिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र दमकबाट खटिएको सयुक्त प्रहरी टोलीले तत्कालै घट्नामा संलग्न भनिएका नौ जना ब्यक्तिहरुलाई बिभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
    दमक १ स्थित संगम चौंकमा आज दिउँँसो ४ वजे दुई युवा समूहवीच झडप हुदाँ दमक २ का मानबहादुर सुब्बाका १९ बर्षिय छोरा विक्रम लिम्बुको ज्यान गएको छ भने दमक २ का सुजन भुजेल र दमक २ कै सरोज भुजेलको भने लाईफलाईन अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
    घाइतेहरु मध्ये गंभीर सुरजको भने बिर्तामोडस्थित बीएण्डसी अस्पताल र अर्का घाईते सुजनको दमकस्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ ।    झडप के कारणले भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology