आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर गत आर्थिक वर्षमा २०७५ ७६ मा रु ५८ करोड १२ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख रामप्रसाद पाठकले जानकारी दिए ।


    उनका अनुसार आयकर तर्फ रु ३८ करोड लक्ष्यमा रु ३९ करोड संकलन गर्न सफल भएको छ । आयकरतर्फ यो वृद्धिदर १०२ प्रतिशत रहेको उनले वताए । त्यस्तै, मूल्य अभिवृद्धिकर तर्फ भने १५५ प्रतिशत राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा मूल्य अभिवृद्धिकरतर्फ रु ९ करोड ५० लाख रुपैयाँ संकलनको लक्ष्य भएकोमा रु १५ करोड रुपैयाँ संकलन भएको जनाईएको छ ।
    यहि अवधिमा २० ओटा अन्तरक्रिया गरि १ हजार जनालाई करदाता शिक्षा प्रदान गरिएको तथा २ हजार जनालाई स्थायी लेखा नम्बर प्रमाणपत्र समेत प्रदान प्रदान गरिएको कार्यालय प्रमुख पाठकले जानकारी दिए । ति मध्ये २ सय जना मुल्य अभिवृद्धिकरमा पनि दर्ता भएका छन् । यहि अवधिमा १ हजार ६ सय जनाले व्यक्तिगत स्थायी लेखा नम्बर पनि लिएको उनले जानकारी दिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology