कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका अमृत माझीको एउटा परिवार विस्थापित हुनुका साथै सयौ विगाहामा लगाएको धानवालीमा खोला पसेको हो ।

    तस्वीर : कांग्रेस संघीय संसद महेन्द्रकुमारी लिम्बु कमल खोलाबाट पुरयाँएको क्षतिको अवलोकन गर्दे ।

    स्थानीय होम लिम्बुका अनुसार कमल गाँउपालिका वडा नम्बर ३ स्थित कमल खोला वस्तीतर्फ मोडिएपछि सानोकेर्खा क्षेत्रका सय वढी धानखेतीमा बाढी पसेको छ । वाढी पसेपछि वस्तीनै जोखिममा पर्देगएको उनले बताए । वाढी वस्तीमा छिरेपछि बर्षा हुदाँ स्थानीयहरु रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको उनले गुनासो गरे । त्यहाँ करिव दुई दशकपछि खोला वस्तीमा छिरेको स्थानीयहरुको भनाई छ ।
    बाढीप्रभावितहरुले खोला तटवन्धन गर्न गाँउपालिकासंग माग गरेका छन् । गाँउपालिकाले खोलाबाट थप जोखिम हुन नदिन खोला पसेको क्षेत्रमा नदी नियन्त्रणका प्रारिम्भक काम थालिएको गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले वताईन् । त्तत्काल कमल खोला पसेको स्थानमा बाँस गाड्ने, वोरा हालेर नदी पस्न नदिन काम थालिएको उनले वताईन् ।
    उनका अनुसार कमल खोलाले हालसम्म कमल १,२ र ३ का वडा भित्रमा सयौ विगाहामा लगाएको धानवाली डुवानमा परेको छ । खोला धानवालीमा पसेपछि डुवान परेको हो । कमल २ स्थित कमल खोलामा भईरहेको सिसाबाँध तटबन्धनको काम पनि बाढीले भत्काएपछि खोलो वस्तीमा छिरेको छ ।

    गाँउपालिकाले वडाका जोखिम स्थानमा त्तत्काल नदी रोकथाम गर्नका लागि १० हजार बोरा संचित गरि त्यसमा बालुवा हालेर क्षति रोक्न प्रारिभ्मक चरणका कामहरु धमाधम भईरहेको उनले जानकारी दिईन् । त्यसका लागि दैनिक २० जना ज्यालादारी परिचालित गरिएको उनले वताइन् ।
    गाँउपालिका उपाध्यक्ष बेणु शिवाकोटीले नदी नियन्त्रणका लागि थप भरपर्दो व्यवस्था गर्न सडक कार्यालय , जनताको तटबन्धन कार्यक्रमका सरोकारपक्षहरुसंग समेत समन्वय गरि त्तत्काल आवश्यक काम थालिएको वताए ।

    यसैवीच , कमल ३ स्थित सानोकेर्खा क्षेत्रको बाढीप्रभावित क्षेत्रको मंगलवार कांग्रेस संघीय सांसद महेन्द्रकुमारी लिम्बुसहितको एक टोलीले अवलोकन गरि जोखिम न्यूनीकरण गर्न त्तत्काल व्यवस्था गर्न माग गरेकी छिन् । उनले कमल खोलाको पश्चिम तर्फको दिगो तटवन्धन गरी बाँध लगाउनका लागि स्थानीय ,प्रदेश तथा संघीय सरकारसंग माग गरिन् । अवलोकन टोलीमा कांग्रेस कमलका सहसंयोजक राजु न्यौपाने लगायत रहेका थिए ।
    यसैगरि कांग्रेस कमलले गाँउपालिकाका विभिन्न क्षेत्रमा बाढीप्रभावितबासीलाई राहतसहित पूर्नास्थापनाका लागि त्तत्काल व्यवस्था गर्न माग गरिएको कमल गाँउपालिका सभापति खगेन्द्र भण्डारीले बताए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology