२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै । साथमा भाग्य चिट्ठा पहिलो पुरस्कार १ तोला सुन

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ ।

    २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै १६ अगस्ट २०१९ शुक्रबारका दिन तेलअबिभमा मनाउन लागेको हो ।

    ”विश्वका आदिवासी जनजातिहरु एक हौ, आफ्नो भाषा, भेषभुषा, लिपि, कला, धर्म र संस्कृतिको संरक्षण् र सम्बर्धन गरौ, संयुक्त रास्ट्र संघ महासभाले सुनिस्चित गरेको आफ्नो हक र अधिकारको सदुपयोग गरौ” भन्ने मुल नाराको साथ कार्यक्रमको तयारी गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासि जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एबं शाखा विदेश प्रमुख गोबिन्द छन्त्याल आउने भएका छन्।

    कार्यक्रम राष्ट्रिय भेष-भुषामा झाकी सहित उपस्थित भै मातृभाषामा मौलिक नृत्यहरु प्रस्तुत गर्दै आदिवासी जनजातिहरुको बिषयमा प्रशिक्षण तथा जानकारी मुलक कार्यक्रमको साथमा भब्यताको साथ मनाउन तयारी गरिदै गरेको नेफिन इजरायलकी ब.उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मो जानकारी दिएकी छिन ।

    साथै सोहि कार्यक्रमको अवशरमा भाग्यशाली चिट्ठा उपहार कार्यक्रम समेत राखीएको जसमा पहिलो पुरस्कार :- एक तोला सुन दोश्रो पुरस्कार :- IPAD 9.7inch तेस्रो पुरस्कार :- SAMSUNG MOBILE A30 चौथो पुरस्कार :- POWER BANK 16000mAh पाचौ पुरस्कार :-POWER BANK 16000MAH र भाग्यसाली चिट्ठाको लागि मूल्य ३० सेकेल रहेको आयोजकले जानकारी दीएका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology