दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६



  • दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन ।

    अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक तथा सर्वसाधारण बिरामीहरु महङगो शुल्क तिरेर अन्यत्र जान बाध्य भएका हुन । सरकारी अस्पतालमा यो सेवा अवरुद्ध भएपछि आर्थिक अवस्था कम्जोर भएका तथा बिमा गरेका बिरामीलाई आर्थिक भार थपिएको छ । दमकमा रहेको जिल्ला स्तरको स्वीकृत पाएको सरकारी अस्पताल दमक अस्पतालमा युएसजि मेसिन बिग्रिएको ३ हप्ता बिति सक्दा पनि अर्को वैकल्पिक व्यवस्था हुन नसक्दा बिरामीहरू महंगो शुल्क तिरेर नीजि अस्पताल तथा क्निकहरुमा जान बाध्य हुनेगरेका छन ।

    कमल गाउपालीका ५ पाडाजुङ्गीका डम्बर बहादुर श्रेष्ठले श्रीमतिलाई नियमित चेकजाँज साथै भिडियो एक्सरेका लागि दमक अस्पताल पुग्दा एक्सरे मेसिन नै बिग्रीएको अस्पताल प्रशासनले बताएपछि निकै समस्यामा परेको गुनासो गर्नुभयो । माईपश्चि क्षेत्रको सवै भन्दा ठुलो एकमात्र सरकारी अस्पतालको भिडियो एक्सरे मेसिन महिनौ दिन देखी बिग्रदा दैनीक धेरै सेवाग्राहीले सास्ती भोग्नु परेको गुनासो गरेकाछन । जिल्ला सो सरहको स्वीकृत पाएको यो अस्पताल दमक नगरपालिकाको मातहतमा सञ्चालनमा हुँदै आएको छ ।

    झापाको माईवारी कै सवै भन्दा ठुलो सरकारी अस्पतालको यस्तो ताल

    यो अस्पतालमा दमक नगरपालिका सहित आसपासका क्षेत्रका कमल गाँउपालिका, इलामको चुलाचुली गाँएपालिका, शिवसताक्षी, गौरादह नगरपालिका गौरिगंज गाउपालिका लागयतका लाखौ मानिसहरुले स्वास्थ्य सेवा लिदैआएका छन । ३ साता अघि बिजुलीको भोल्टेज गडबढीले गर्दा भिडियो एक्सरे मेसिन बिग्रीएको र मर्मतको लागी काठमाण्डौ लगिएको अस्पताल सूचना अधिकारी नगेन्द्र भट्टराईले बताए । आइतबार सम्ममा बैकल्पीक ब्यबस्था गरेर भए पनि भिडियो एक्सरे सेवा शुचारु गरिने भट्टराईको भनाई छ ।

    अस्पताललाई दातृ निकाय युएनएचसिआरले भिडियो एक्स रे मेसिन उपलब्ध गराएको थियो । झापाको माईवारिको क्षेत्रका सर्वसाधारणहरुको सरकारले लागुगरेको स्वास्थ्य बिमाको पहिलो सेवा विन्दु नै यो अस्पताल भएकाले दैनिक ३ सयभन्दा बढी बिरामी यहाँ आउने गरेको अस्पतालले जनाएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology