इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६



  • भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो ।
    कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडाले संस्थाका आगामी कार्यक्रम र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य रूपमा लागू हुनु पर्नेमा जोड दिए । नीजि क्षेत्रका श्रमिकको हितमा वर्तमान सरकारले ल्याएको अग्रगामी कार्यक्रम लाई लागू गर्न सकेमा ३५ लाख श्रमजीवीको सामाजिक सुरक्षा हुने ठोकुवा गरे । श्रमिकको हितमा आएको कार्यक्रम निस्तेज गर्ने प्रयत्न्न तर्फ कुनै पनि शक्ति लागेको पाइएमा परिणाम दुखदायी हुने बताए ।
    खतिवडाले भोजपुरको शिक्षक कुटपिट भएको कुरालाइ संगठन ले गम्भीर रुपमा लिएको र पीडित शिक्षकले न्याय नपाए परिस्थिति जटिल हुन सक्ने जिकिर गरे । नीजि शिक्षण संस्थामा सेवारत शिक्षकहरुको हकहितका लागि देशब्यापी आन्दोलन अघि बढाइ सकिएको र पहिलो चरणमा केन्द्रिय ,प्रदेश र स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाइ ध्यानाकर्षण गराउने काम धमाधम भै रहेको र समस्या समाधान नभए ससक्त आन्दोलनको बिकल्प नरहेको कुरामा जोड वक्ताहरूले जोड दिएका थिए । द्रोण अधिकारीको सभापतित्वमा सप्पन्न कार्यक्रमको सञ्चालन प्रदेश कमिटि सदस्य राजु बरालले गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology