विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६



  • बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक पनि नहुने अवस्थामा छन् ।

    कस्ता थिए त नेपाली क्रिकेटका विश्व रेकर्ड :

    १. मेहबुव आलमको १० विकेट 

    तिब्र गतिका बलर मेहबुव आलमको नाममा रहेको विश्व रेकर्ड विश्वका ठुला क्रिकेट खेल्ने राष्ट्रका बलरले पनि तोड्न सक्दैनन् । आईसीसी बल्र्ड क्रिकेट लिग डिभिजन पाँचमा मोजाम्बिकबिरुद्ध उनले १२ रन खर्चर हात पारेको १० विकेट गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ । सन् २००८ मा उनले यो सफलता पाएका थिए । टेष्ट क्रिकेटमा ईङल्याण्डका जिम लाकेर र भारतका अनिल कुम्बलेको नाममा १० विकेट रहेपनि वन डे क्रिकेटको ईतिहासमा भने आलम मात्र १० विकेट लिने क्रिकेटर हुन् ।

    २. म्यानमारलाई १० रनमा अलआउट :

    एसीसी कप क्रिकेट २००६ मा नेपालले अर्को ऐतिहासिक रेकर्ड बनायो । कमजोर प्रतिद्धन्दी म्यानमारलाई १० रनमा समेट्दै विश्व क्रिकेटमा अर्को दुर्लभ किर्तिमान नेपालले आफ्नो नाममा लेखाएको थियो । म्यानमारलाई सातौ ओभरमा १० रनमा समेट्ने क्रममा मेहबुब आलमले ३ रन खर्चेर ७ विकेट लिएका थिए भने बिनोद दासले ४ रन खर्चेर ३ विकेट हात पारेका थिए । ११ रनको लक्ष्य नेपालले मात्र २ बलमा पुरा गरेर सबैभन्दा छोटो क्रिकेटको रुपमा किर्तिमान कायम गरेको थियो ।

     

    ३. शक्ति गौचनको ८ मेडन :

    आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन चारमा मलेसियाबिरुद्धको खेलमा नेपालका शक्ति गौचनले अर्को रेकर्ड बनाए । सन् २०१२ मा भएको खेलमा शक्तिले १० ओभर बलिङ गर्दै ८ मेडन राखी मात्र २ रन खर्चेर ३ विकेट हात पारे । विश्व क्रिकेट ईतिहासमा यो हालसम्मकै किफायती बलिङ हो ।

    ५. विश्वकपको प्लेट च्याम्पियन बन्ने पहिलो एसोसिएट राष्ट्र :

    नेपाल अण्डर १९ विश्वकपको प्लेट च्याम्पियन बन्ने पहिलो एसोसिएट राष्ट्र पनि हो । २००६ मा भएको प्रतिस्पर्धामा बलियो टोली न्युजिल्याण्डलाई हराउदै नेपालले किर्तिमानी उपलब्धी हात पारेको थियो । आईसीसीको कुनैपनि आधिकारीक प्रतियोगितामा एसोसिएट राष्ट्रले हात पारेको यो उच्च सफलता हो ।

    ६. दशौ नम्बरका ब्याट्सम्यानको नाममा ४० रन :

    टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालका सोमपाल कामीले १० औ नम्बरमा ४० रन बनाउदै अर्को ऐतिहासिक उपलब्धी हात पारेका छन् । हङकङबिरुद्धको खेलमा सोमपालले ३१ ब्लमा ४० रन बनाउदै अन्तराष्ट्रिय क्रिकेटमा महत्वपुर्ण सफलता हात पारेका हुन् । यद्यपी नेपाल सो खेलमा पराजित भएको थियो ।

    ७. अर्धशतक बनाउने कान्छा खेलाडी :

    नेपालका रोहित पौडेलले अन्र्तराष्ट्रिय क्रिकेटमा अर्धसतक बनाउने सबैभन्दा कम उमेरका ब्याट्सम्यान हुन् । संयुक्त अरब एमिरेट्ससँग गत माघमा भएको एक दिवसीय क्रिकेट खेलमा रोहितले ५८ बलमा ५५ रन बनाउदै कान्छो अर्धशतकधारी खेलाडी बनेका हुन् । उनले ७ चौका प्रहार गर्दै विश्वचर्चित ब्याट्सम्यानको नाममा रहेको रेकर्ड ब्रेक गरेका हुन् । यसअघि यो रेकर्ड भारतका सचिन तेन्दुलकरको नाममा थियो । सचिनले पाकिस्तानविरुद्धको टेष्ट खेलमा ५९ रन बनाउँदा उनी १६ वर्ष २ सय १३ दिनका थिए । रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा विश्व किर्तिमान बनाएका हुन् ।

     

    ई–खेलकुदबाट

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology