नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६



  • बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो ।

    प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह गरिएको छ । सार्वजनिक प्रोमोमा प्रशारण हुने मिति उल्लेख गरिएको छैन । चाँडै आउँदैछ मात्रै भनिएको छ ।

    प्रोमोमा आफ्ना तयारीमा रहेका गीतसंगीतका भिडियोहरु [email protected] मा पठाउन आग्रह गरिएको छ ।

    नेपाल आइडल सिजन–१ को विजेता बुद्ध लामा भएका थिए भने सिजन–२ को विजेता रवी ओड भएका थिए । नेपाल आइडलका जजमा बरिष्ठ संगीतकार तथा गायक न्यू बज्रचार्य, गायिका इन्दिरा जोशी र अहिलेका चर्चित गायक काली प्रसाद बास्कोटा रहेका थिए । यता कार्यक्रमको होस्टमा रिमा विश्वकर्मा र आशिफ साह रहेका थिए भने सिजन ३ मा जज र होस्टहरु यथावत रहने अनुमान छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology