सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६



  • बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा वैकल्पिक उर्जा अन्र्तगत विपन्न उपभोक्तालाई सामुदायिक वनले आइतबार एक कार्यक्रमको आयोजना गरी उपभोक्ता भित्रका ती परिवारलाई सोलार बत्ती वितरण गरेको हो ।

    बजेटको ३५ प्रतिशत रुपैंया गरीवी न्यूनिकरणको क्षेत्रमा खर्च गर्नुपर्ने रकम अन्तर्गत सो कार्य गरिएको हो । वन समितिका अध्यक्ष तिलनारान रिजालको सभापतित्व तथा बुद्धशान्ति–३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विपन्न उपभोक्तालाई सोलान वत्ती वितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि उप्रेती, विशेष अतिथि बुद्धशान्ति कार्यपालिका सदस्य भगवती न्यौपाने लगायतले सामुदायिक वनले गरेको सो कार्यप्रति प्रसंसा व्यक्त गर्दै गाउँपालिकाले गर्नुपर्ने कार्यमा सक्दो साथ सहयोग उपलब्ध गराउने बताउनु भयो । समिति अध्यक्ष रिजालले उपभोक्ताको सहजताका लागि सो कार्य गरिएको बताउनु भयो । त्यस्तै उपाध्यक्ष खगेन्द्र आचार्यले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै हात्ती पिडीत यस क्षेत्रका विपन्न उपभोक्तालाई विद्युत नभएको समयमा सोलार वत्तीले ठूलो राहत दिने बताउनु भयो ।

    समितिका उपाध्यक्ष खगेन्द्र आचार्यले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा वडा सदस्य तथा समितिका सहसचिव पर्शुराम चेम्जोङ, सल्लाहकार सदस्य खगेन्द्र ढकाल, बुद्धशान्ति सामुदायिक वन महासंघ सदस्य हिरा सुवेदी, अनुगमन समितिका नेत्रप्रसाद रिजाल लगायतले मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष शिखा घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव मिना अधिकारीले सञ्चालन गर्नुभएको थियो । सो सामुदायिक वनले उपभोक्तालाई ग्यास, गोवर ग्यास, सोलार जस्ता सामग्री वितरण गर्दै आएको छ ।

    राज्यले विद्यार्थीलाई खाजा खर्च कटौती गरेपछि सो वनले कार्यक्षेत्र भित्रका ३ विद्यालयका विद्यार्थीहरुलाई खाजा खर्च वापत प्रत्येक विद्यालयलाई आव २०७५/०७६ मा एक/एक लाख रुपैंया उपलब्ध गराएको थियो । आदर्श नमुना सामुदायिक वन जिल्लाका ५९ सामुदायिक वनहरु मध्ये उत्कृष्ट बनका रुपमा भरखरै पुरस्कृत भएको बन समिति अध्यक्ष रिजालले बताउनु भएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology