कर नीतिको विरोधमा दमकमा प्रर्दशन

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई दुःख दिन खोजेको आरोप लगाएका छन् ।

    उद्योग बाणिज्य संघ दमक अन्तर्गतको राजस्व परामर्श उप समितिले आज भिसिटिएस प्रणालीका बिषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागी व्यवसायीहरुले सरकारले ल्याएको कर नीतिको बिरोध गरेका हुन । कार्यक्रममा बोल्दै लोकतान्त्रिक व्यवसायी संघका महासचिव मुकुन्द उप्रेती, व्यवसायीहरु गणेशबहादुर बस्नेत, माधव पराजुली, गोविन्दराज कट्टेल लगायतले सरकारले ल्याएको कर नीति तत्काल कार्यान्वयन गर्न असहज हुने बताएका थिए । उनीहरुले करको दायरा फराकिलो वनाउनु पर्ने अवस्थामा व्यवसायीलाई दुख दिन् नियतले नयाँ कर नीति आएको आरोप लगाए ।
    व्यवसायीले राखेको जिज्ञासाको जवाफ दिंदै राजस्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख बेदराज फुयाँलले व्यवसायीलाईनै सजिलोका लागी यो नियम आएकाले यसमा सहभागी हुन व्यवसायीलाई आग्रह गरे । यो प्रणालीले वेवमा आधारित प्रणालीमा रहेर मालवस्तु र ढुवानीको विवरण दिने भएकोले राजस्व चुहावट नियन्त्रण हुनुका साथै सामान ढुवानीमा कम समय लाग्ने पनि उनले बताए ।

    सो अवसरमा उद्योग बाणिज्य संघ दमकले राजस्व अनुसन्धान कार्यालय प्रमुख फुयाँललाई ज्ञापनपत्र समेत बुझाएको बाणिज्य संघ दमकका लेखा समिति सदस्य पारस आचार्यले जानकारी दिए ।
    यसअघि साउन १ गते देखि लागू गरिएको उक्त कर नीतिको विरोध गर्दे व्यवसायीहरुले दमकमा प्रर्दशन गर्दे त्तत्काल खारेजी गर्न माग गरेका छन् । लोकतान्त्रिक वाणिज्य संघको आयोजनामा निकालिएको रयालीले दमक चौक,वजार परिक्रमा गरिएको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology