धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् ।

    शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जितेर विजेता भएका हुन् । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । फेस अफ मारवाडीको दोस्रो सिजनमा ८ जना युवा र ८ जना युवती गरि १६ जना प्रतिष्पर्धीहरु थिए ।

    धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुलले मिस्टर फोटोजेनिकको टाइटल समेत जितेका छन् ।
    यस्तै, काठमाडौकी सिम्रन साबू र शिवम अग्रवालले फर्स्ट रनर अपको टाइटलसँगै ३० हजार नगद र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् भने बिराटनगरकी सुनिता बर्मा र काठमाडौँका अजय खंडेलवालले सेकेन्ड रनर अपको टाइटल जिते । उनीहरुले २० हजार नगद र गिफ्ट ह्याम्पर पाए । पोपुलर फेस अफ मारवाडीको टाइटल भने हर्सिता पंचारिया र निपेश जजोडियाले जितेका छन् ।
    मारवाडी समुदायको युवा युवतीको व्यक्तिव विकास गरी मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तार गर्ने उद्देश्यले पेज थ्री सर्भिसले कार्यक्रम आयोजना गरेको थियो । फेस अफ मारवाडीको फिनाले चर्चित इन्डियन टिभी होस्ट करन कुन्द्रा र सिर्जना रेग्मीले संचालन गरेका थिए भने मिसेज इंडिया अर्थ २०१७ श्वेता चौधरी, ब्युटिसियन रुक्शा बैध श्रेष्ठ, डा. प्रमोद अग्रवाललगायत निर्णायकहरु रहेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology