नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको हो ।

    ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटार आइतवार अपरान्ह बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन गर्ने सन्दर्भमा इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको बैठकपछि नेकपा नेता बामदेव गौतमले बताए ।

    साबिक एमाले र माओवादीका जिल्ला इन्चार्जहरुलाईनै इन्चार्ज र सहइन्चार्जको भूमिका दिइएको र कतिपय जिल्लामा नयाँले जिम्मेवारी पाएको बताइएको छ । पार्टीका ३२ वटा विभागका प्रमुख र उपप्रमुख भने मंगलवारको बैठकबाट टुंगो लगाउने नेकपाको तयारी छ । विभागहरुको सन्दर्भमा भने छलफल अझै आवश्यक परेको नेताहरुले बताएका छन् ।
                                             

                                               झापामा एक इन्चार्ज,तीन सहइन्चार्ज

    नेकपा झापाको इन्चार्जमा रविन कोइराला तोकिएकाछन् । संबिधानसभा सदस्य समेत भइसकेका कोइराला नेकपाको केन्द्रिय सदस्य रहेका थिए ।
    झापा जिल्लामा झलकसिं दर्लामी सन्देश इन्चार्ज भएको भन्दै यस अघि समचारहरु आएका थिए ।
    जिल्लामा सह इन्जार्ज भने तीन जना भएकाछन् । यसरी सहइन्चार्ज हुनेहरुमा देवेन्द्र दाहाल, धर्मशिला चापागाइ र हरिबहादुर राजवंशी रेहका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology