झापाका खेत खेतमा टयाक्टर, देखिनै छोडे हल गोरु ! नेपालको कृषि क्षेत्र यता न उता

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • दमक | केहि वर्ष अघिसम्म पनि झापाका प्राय सवै किसानका घरमा हल गोरुलाई अनिवार्य मान्निथियो । जिल्लाका प्रत्येक किसानले आफनो जग्गाको अनुपातमा हल गोरु पाल्ने चलन रहेको थियो । थोरै खेती हुने किसानका घर ग्वालीमा पनि एक हाल गोरु वा राँगा अनिवार्य पालिने गरिन्नथियो । भने अलि बढि खेती गर्ने किसानले आवश्यकता अनुसार एक देखी माथि ५—६ हल सम्म गोरु राँगा पालेर खेती गर्ने गरिन्थियो । तर अहिले समय बदलिए संगै झापाका किसानको खेती गर्ने तरिकामा पनि परिवर्तन आएको छ ।

    अहिले झापाका गाँउ घर तिर आकल झुकल मात्र हल गोरु देखिन थालेका छन । कृषि क्षेत्रमा बडदै गएको आधुनिककरण संगै खेत जोत्नकालागि प्रयोग हुने टयाक्टरले महत्व पाउन थालेपछि धेरै किसानले गोरु राँगा मासेर यहि प्रविधिको उपयोग गर्न थालेका छन । झापा शिवसताक्षी ७ फाक्तेपका ६६ बर्षिय किसान इन्द्रप्रसाद आचार्य अहिले हल गोरु पालेर खेतीगर्ने यो गाँउमा नै एक्लो किसान बन्नु भएको छ । आयार्यले आफनो तिन कोरी माथिको उमेरमा आईपुग्दा पनि हिजोको खेतीगर्ने तरिकालाई परिवर्तन गर्न सक्नु भएको छैन । टयाक्टरले खेत जोत्दा भनेको समयमा नपाई, महंगो पर्ने र खेतीगर्नकालागि माटोपनि राम्रो नबन्ने किसान आचार्यको बुझाई रहेको छ । २ छोरा र एक छारीका पिता किसान आचार्यले अहिले बृद्ध अवस्थामा आएर पनि श्रीमतीको सहयोगमा २ विगाहा खेती गर्र्दै आउनु भएको छ । आचार्यको जेठा छोरा व्यवसायगर्न काठमाण्डौ पुग्नु भएको छ भने जेढी बुहारी बैदेशीक रोजगारीकालागि इजरायलमा हुनुहुन्छ । कान्छो छोरा गाँउकै एउटा समुदायिक विद्यालयमा शिक्षक अनि कान्छी बुहारी पनि निजि विद्यालयमा शिक्षीका बनेपछि त झनै बृद्ध अवस्थाका आचार्यका काँधमा खेती किसानी आईलाग्यो ।

    खेतीको मुख्य सिजन असार मंसिरका दिनमा बिहानै उठयो अनि गोरु घस्यायो हलो जुवा तयारी अवस्थामा राख्यो अनि हल्लुडो जोतारा र शैलामा एक नजरपछि घामको झुल्को अघि नै खेतमा गोरु नार्नेगरेको किसान आयार्य बताउनु हुन्छ । आफैले गोरु पालेर खेतीगर्दा भनेको समयमा आफुले इच्छाए अनुसारको माटो बनाएर खेती गर्नपाईने आचार्यको भनाई रहेको छ । तर जिल्लाका प्राय सैव किसानले गोरु राँगा नै पाल्न छोडी सकेका छन । झापा जिल्लाको कुल जनसंख्या मध्ये ६६ प्रतिशत किसान रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

    ज्ञान केन्द्रको पछिल्लो सर्वेक्षण अनुसरा झापा जिल्लाको मुख्य राजमार्गका उत्तरी क्षेत्रमा ९ सय घरधुरी बराबर एक घर धुरीका किसानले मात्र हल गोरु पालेका र राजमार्ग दक्षिणमा प्रति एक हजार घर धुरी मध्ये एक घर धुरीका किसानले मात्र रागाँ वा गोरु पाल्ने गरेको प्रराम्भि अनुमान गरिएको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

    फेरिदै किसानको सोच

    बलदिलो विश्व परिबेश संगै नेपालमा पनि खेतीगर्ने प्ररम्परामा आमुल परिवर्तन आएको छ । नासिदो बन जंगलका कारण कृषिकालागि अवश्यक पर्ने हलो जुवा निर्माण गर्ने काठके अभाब हुदै जानु र चरन समेत नासिदै जानु पनि यसको एउटा मुख्य कारण मान्न सकिन्छ । यसैगरि हल गोरु खरिदगर्न ठुदै रकम खर्चनु पर्ने र गोरु नारेर जोत्ने जनशक्तिmको अभाब हुदा अहिले अधिकांश किसानको पहिलो रोजाई टयाक्टर नै बन्दै गएको छ ।

    महिला र जेष्ठ नागरिकका भरमा खेती

    पछिल्लो समय युवाहरु रोजगारीको खोजीमा बिदेशीनेक्रम बढेसंगै नेपालको कृषि क्षेत्र संकटमा पर्दै गएको छ । कृषिमा काम गर्ने जनशक्ति नहुदा अहिले महिला र जेष्ठ नागरिकका भरमा जसो तसो खेती चल्ने गरेको छ । मानिसको सोचमा परिवर्तन आउन नसक्दा अहिले पनि धेरै किसान झापामा परम्परागत शैलीबाट नै जिविको उपार्जनमुखी खेती गरिरहेका छन । अहिले को विश्व जगतले आधुनिक प्रविधिको अधिकतम उपयोगर्दै थारै जनशक्तिmबाट धेरै उत्पादन गरिरहेका छन तर अहिले नेपालको कृषि क्षेत्र भने यता न उताको अवस्थामा गुज्रि रहेको छ ।यसको सोझो असर नेपालको अर्थतन्त्रमा त परेको छ नै दैनिक उपभोग गरिने खाद्यबस्तुमा समेत नेपालको भरनिर्भता बढदै गएको छ ।

    झापामा ९० हजार हेक्टर बढिमा धान खेती

    झापा जिल्लाको कुल ९८ हजार ७ सय १६ हजार खेती योग्य जमिन मध्ये करिब ९० हजार हेक्टरमा धान खेती हुदै आएको छ । धान उत्पादनकालागि अब्बल मानिएको झापा जिल्लामा प्रतिहेक्ट ४ दशमलब ८ मेट्रिक टन धान उत्पादन हुदै आएको छ । झापा जिल्लामा उत्पादन भएको धानले आन्तरिक मागलाई धानेर अन्य प्रदेशमा समेत निर्यात हुनेगरेको पाईन्छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology