अनेरास्ववियूले ग¥यो क्याम्पसमा वृक्षारोपण

  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६



  • गौरादह,४ साउन । झापाको गौरादह कृषि क्याम्पसमा अनेरास्ववियूले आज वृहत वृक्षारोपणको आयोजना गरेको छ । अनेरास्ववियूले आफनो प्रथम वर्ष पूरा गरि दोश्रो वर्ष प्रवेशको गरेको अवसरमा वृक्षारोपण गरिएको हो । संविधान सभाका सभासद दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपणमा विभिन्न प्रजातीका फलफूलका विरुवाको साथै वनपैदावार जन्य वनस्पतिका विरुवाहरु रोपिएका थिए ।


    क्यापसलाई हराभरा वनाउन उद्देश्यले संगठनले एक सय बढी त्यस्ता विरुवाहरु रोपिएको अनेरास्ववियू क्याम्पस इकाई कमिटीका अध्यक्ष विराज भण्डारीले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममको उद्घाटनमा अनेरास्ववियू सचिवालय सदस्य डम्वर अधिकारी, अनेरास्ववियू झापा जिल्ला कमिटि उपाध्यक्ष समर्पण खतिवडा, नेकपा जिल्ला झापा जिल्ला सचिवालय सदस्य मदन अधिकारी लगायतले विद्यार्थीहरुले आयोजना गरेका वृक्षारोपण कार्यक्रम आफूमा महत्वपूर्ण रहेको वताउदै क्याम्पसलाई वनपैदावार रुपमा विकास गर्नका लागि यस प्रयास सकरात्मक भएको जोड दिएका थिए ।
    यसैवीच स्थापनाकालको छोटो अवधिमा नै क्याम्पसले महत्वपूर्ण फड्को मार्दै गएको छ । ५० जना विद्यार्थीबाट गतवर्ष पठनपाठन सुरु गरिएको क्याम्पसमा हाल ५० जना विद्यार्थीहरुको लागी कोटा थप गरिएको छ । निकट भविष्यमानै थप १०० जनाको लागी कोटा थप गरिने लक्ष्य लिएको क्याम्पसले विद्यार्थी, शिक्षक तथा कर्मचारी आवास गृह निर्माणका लागी पहल कदमी शुरु गरिएको वताईएको छ । यसैवर्ष प्रदेश सरकारको रु ८० लाख सहयोगबाट १ थान बस्, १ थान जीप र १ थान पावर ट्रेलर समेत खरिद गरिएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology