चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो रंगको २ सय सीसीको को २१ प ३६७० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

    घटनाका बारेमा जानकारी पाउन साथ शंकाश्पद क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । कार्यालयबाट खटिएको क्यूआरटिको टोलीले एकघण्टा पनि वित्न पाउदैं काँकरभिट्टा क्षेत्रबाट मोटरसाइकलसहित घटनामा सम्लग्न अर्जुनधारा—५ बस्ने १९ वर्षीय हरि राजवंशीलाई पक्राउ गरेको थियो ।

    मोटरसाइकलधनीको लिखित जाहेरीका आधारमा राजवंशीलाई चोरी मुद्घा दर्ता गरी थप अनुसन्धान शुरु गरेको छ । उनलाई शुक्रबार झापा जिल्ला अदालत उपस्थित गराइएको कार्यालयको मुद्घा शाखाले जनाएको छ । केही दिनयतादेखि झापाका विभिन्न स्थानमा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि झापा प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology