पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका अनुसार उपचारका क्रममा विराटनगरस्थित नोवल मेडिकल कलेजमा पु¥याइएका एक घाइतेको मृृत्यु भएको हो । मृतकको सनाखत हुन वाकी रहेको प्रहरीको भनाइ रहेको छ ।


    विहिवार विहान पुर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङको पथरीशनिश्चरे बजारमा यात्रु वाहक बस र पिकअप दुर्घटनामा परेको हो । सो दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अर्का एक घाइतेको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो । अन्य १७ जना घाइते भएका छन् ।
    कानेपोखरीबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्वरको बस विपरीत दिशाबाट आइरहेको मे १ च ५३९१ नम्बरको पिकअपलाई जोगाउन खोज्दा बीच सडकमा पल्टिएको थियो । गम्भिर घाइते कानेपोखरी ३ का ५ वर्षिय श्रवण दाहाल र सोही ठाँउका अन्दाजी वर्ष ३२ का टिकाराम थापा र हल्दीबारी झापाका वर्ष २४ का पिकअपका चालक नविन आचार्यको नोबेल मेडिकल कलेज बिराटनगरमा उपचार भइरहेको छ ।
    त्यसैगरी घाइते हुनेहरुमा मोरङ्ग उर्लावारीकी १३ वर्षीया अस्मिता खतिवडा, वर्ष ६ कि अविना खतिवडा, दमक की १३ वर्षिया प्रविना भटराई, उर्लावारी ५ का इन्द्रमाया गुरुङ्ग, अर्जुनधारा झापाका अभिषेक कार्की, कानेपोखरी ३ का चित्र दहाल, सोहि ठाँउका निर्मल गिरी, श्याम कार्की, मदन कुमारी चापागाँइ, कानेपोखरी ३ का ५६ वर्षिय मित्र दाहाल,सुकदेव धिमाल, झापा विर्तामोडका जिवन वराइली, प्रेम कार्की र हल्दीबारी झापाका वर्ष २२ का पिकअपका सह चालक टेक बहादुर भुसाल रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology