विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका छन् ।


    दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपमा पनि स्थान बनाउनेछन् । दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो ।
    फिफाको क्यालेन्डरअनुसार दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुन नौ तारिखसम्म हुनेछन् । नेपाल एसियाको वरियतामा शीर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology