साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६



  • बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो।

    प्रत्येक बर्ष साहित्य, संगीत र कला विधाहरुमध्ये कुनै एक विधामा रहेर सम्मान तथा पुरस्कार प्रदान गर्दै आईरहेको सन्दर्भमा यस वर्ष कला वर्ष भएकाले चौतारीबाट प्रदान गरिदै आएको सम्मान तथा पुरस्कार कलाक्षेत्रका व्यक्तित्वहरुलाई प्रदान गरिएको कार्यक्रमका संयोजक हिम्मत नेम्वाङले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवनाथ पोख्रेलले  दीप प्रज्वलन सहित क्यानभासमा चित्र कोरेर कार्यक्रमको उद्घाटन गरेका थिए। साहित्य चौतारी कला सम्मानबाट मुर्तिकार केडी देवानलाई ५ हजार १सय नगदसहित सम्मान यसरी नै समपर्ण साहित्य चौतारी सम्मानबाट हास्यव्यङ्ग्यकार गोकुल राजवंशीलाई मरणोप्रान्त ५ हजार १सय नगदसहित सम्मान र जेबि आले स्मृति साहित्य चौतारी फोटोग्राफी पुरस्कारबाट विक्रम नाल्वो सुब्बा भद्रपुरलाई ५ हजार १सय नगदसहित सम्मान गरेको साहित्य चौतारी झापाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ले बताए ।
    भीमबहादुर,पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कार चित्रकार योगेन्द्र अधिकारीलाई ११हजार १सय११ नगदसहित सम्मान पत्रद्वारा सम्मान र डिकमान विरही स्मृति साहित्य चौतारी कला सम्मान पुरस्कार अभिनय कलाका लागि लवकुश गौतमलाई ११हजार १सय११ नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको सचिव दिलिप घिमिरेले बताए ।

    कला बर्षको रुपमा मनाउन झापा जिल्ला भरिका नृत्य प्रशिक्षण केन्द्रहरुबाट १र१ छात्र छात्रा सहभागी गराइ उत्कृष्ट तीन प्रतियोगीहरु छनौट गरिएको थियो छनौटमा परेका प्रतियोगीहरुबाट धनमाया,जगन्नाथ विमली स्मृति साहित्य चौतारी नव प्रतिभा पुरस्कारबाट पुरस्कृत लिसरा थापा मगर सर्वोत्कृष्ट बन्दै ५ हजार १सय नगदसहित प्रमाणपत्रबाट पुरस्कृत भईन् भने रोशनी लिम्बू र बबिता दर्नालले प्रोत्साहन पुरस्कार जनही २हजार १सय नगदसहित पुरस्कृत गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

    प्रतियोगितात्मक नृत्यकलामा निर्णयाकको भूमिकामा कलाकार संघ झापाका अध्यक्ष एल। सी। श्रेष्ठ र महासचिव राजु लावती रहनु भएको थियो।
    कार्यक्रममा वरिष्ठ गीतकार तथा चौतारीका संस्थापक अध्यक्ष शिवशंकर थापा, प्राज्ञ सुभद्रा अर्याल, चौतारीका संरक्षकद्वय देवीभक्त श्रेष्ठं उर्मिला श्रेष्ठ विमली र साहित्यकार तेराख प्राज्ञ यज्ञराज प्रसाईं विशेष आतिथ्य रहेको थियो भने विवश वलिभद्र कोईराला, हरि पराजुली,प्रकाश न्यौपाने , अभागी थेगुवा,मीना अधिकारी , दुश्यन्त भट्टराई र टीका भट्टराई नेपालले आ(आफ्नो सिर्जना प्रस्तुत गर्नु भएको थियो।

    सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुको सम्मान( पत्र सेलिङ केसी ,विमला चिमरिया, देवीचरण भण्डारी, दिपक रायमाझी, र भवानी गौतमले वाचन गर्नु भएको थियो ,प्रतिभा छनौट गर्न शिव शंकर थापाको संयोजक्त्वमा सल्लाहकार सदस्य कृष्ण पौडेल र हिम्मत नेम्वाङ रहेको तीन सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको थियो।
    सम्मानीत तथा पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि , संरक्षक श्रेष्ठ, अध्यक्ष विकल्पले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

    संस्थाका अध्यक्ष टङ्क काफ्ले विकल्पको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य हिम्मत नेम्वाङले गरेका थिए भने स्वागत गीत गुरुकूल संगीत विद्यालयका कलाकारहरु कमला नेम्वाङ र साथीहरुले गाएका थिए। कार्यक्रमलाई सञ्चालन सचिव दिलीप घिमिरे र सहसचिव खगिन्द्रा खुशीले गरेका थिए।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology