युकेमा दमककीअमृतालाई दुई पुरस्कार

  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६



  • यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् ।

    किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा वितरण गर्देआएको याक्थुङ कला संस्कृतितर्फ बर्ष उत्कृष्ठ कलाकार र याक्थुङ भेषभूषातर्फ उत्कृष्ठ महिलाबाट पुरस्कृत भएकी हुन् । पुरस्कृत केरुङ्ग किरात याक्थुङ् चुम्लुङ् यूके रेडिङ शाखाकी हुन् ।

    याक्थुङबाहरुको पहिचान तथा मौलिक कला, संस्कृति, संस्कार संरक्षणमा क्रियाशील कलाकार समेत रहेकी केरुङ्गलाई ट्रफि ,प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।
    लामो समयदेखि उनले पालाम र यालाङ प्रशिक्षण गर्दै अएकी छिन् । उनकै निर्देशनमा गएको वर्ष सिसेक्पा तङ्नाममा केलाङ ‘केसामी’ समेत प्रर्दशन गरिएको थियो ।
    लिम्बु जातिको संस्कृतिमूलक धाननाच बेलायतमा हुने अधिकांस बिवाह र अन्य कार्यक्रमहरुमा उनको सक्रिय योगदान रहिआएको छ । उनले धान नाच मनोरञ्जन मात्र नभई याक्थुङ कला संस्कृतिको पहिचान भएकाले त्यसलाई संरक्षण गर्नु पर्ने  खाँचो ठान्छिन् ।
    अमृताको पालामहरु याक्थुङ जनजीवनसंग मिल्दोजुल्दो र सन्देशमुलुक हुन्छन् । उनको बजारमा घन्कने एल्बममा भन्दा सामान्य गाउँघरमा गाइने खाँटी र लोभ लाग्दो पालाम हुन्छन् । पछिल्लो समय उनी पालामको रेकर्डिङमा समेत सक्रिय छिन् । उनको आफ्नै शब्द र आवाजमा किराती लाजे, मिम्जी पान र नेत्तिपान सेम्मा बजारमा आउदै छ । त्यस्तै, उनको नेपालीमा ‘माया धेरै गर्थे’ र अर्को ‘त्रिशाली मेलैमा म्यूजिक भिडीयो वजारमा आईसकेको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology